एस्टन भिल्लासँग बराबरीमा रोकियो युनाइटेड « Khabarhub

एस्टन भिल्लासँग बराबरीमा रोकियो युनाइटेड


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ ।

आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलमा शुरुवाती अग्रता एस्टन भिल्लाले बनाएको थियो । खेलको ११ औं मिनेटमा ज्याक ग्रेआलिसले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा टम हिटनले आत्मघाती गोल गर्दा युनाइटेडलाई फाइदा पुग्यो ।

खेलको ६४ औं मिनेटमा भिक्टर लिन्डेलोफले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । तर, खेलको ६६ औं मिनेटमा ट्रोने मिङ्सले गोल गर्दै एस्टनलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै युनाइटेडले १४ खेलबाट १८ अंक जोडेको छ । युनाइटेड लिगको नवौं स्थानमा रहेको छ । एस्टन १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : १४ बजे

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)