गर्लफ्रेण्ड मलाइकासँग कहिले गर्छन् अर्जुनले बिहे? दिए यस्तो जवाफ « Khabarhub

गर्लफ्रेण्ड मलाइकासँग कहिले गर्छन् अर्जुनले बिहे? दिए यस्तो जवाफ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोराको अफेअरको चर्चा चलिरहन्छ । यी दुईको बिहेलाई लिएर फ्यान पनि खुबै एक्साइटेड हुन्छन् ।

एक अन्तर्वार्ताका दौरान अर्जुनले बिहेको खबर फैलिएको बारे ध्यान केन्द्रित गर्दै अहिले बिहे नगर्ने बताएका छन् । उनले भनेका छन्, यदि बिहे भयो भने मिडियालाई पक्कै खबर गरिनेछ ।

उनले मिडियामा कुनै कुरा पनि नलुकाउने र लुकाउनुपर्ने कुरा समेत नभएको बताएका छन् । तर, अहिले बिहेको कुनै योजना नै नभएको अर्जुनले स्पष्ट पारेका छन् ।

अर्जुनले आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि कुराकानी गरे । उनले अब आफ्नो व्यक्तिगत जीवन व्यक्तिगत नरहेको बताए । भने, ‘यो त्यो मूल्य हो, जुन तपाईं स्टारडमका लागि चुकाउनुहुन्छ, यदि कसैलाई यस्तो लाग्दैन भने ऊ गलत प्रोफेसनमा छ, म कसैलाई पर्सनल लाइफका बारेमा लेख्नबाट रोक्न सक्दिनँ किनकि यहाँ कोही त्यस्तो अडियन्स हुनुहुन्छ, जो कलाकारका बारेमा धेरै कुरा जान्न चाहनुहुन्छ ।’

पछिल्लो केही समय यता मलाइका र अर्जुन कपूर प्रेममा रहेको चर्चा छ । मलाइकाभन्दा अर्जुन १२ वर्ष कान्छा छन् । फ्यानले पनि मलाइका र अर्जुनको सम्बन्धबारे जान्नमा उत्तिकै चासो देखाउँछन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : २८ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा