घरेलु उद्यमीका लागि सहायता कक्ष स्थापना गर्ने तयारीमा सरकार | Khabarhub Khabarhub

घरेलु उद्यमीका लागि सहायता कक्ष स्थापना गर्ने तयारीमा सरकार


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले घरेलु तथा साना उद्यमीलाई कच्चा पदार्थ आयातदेखि उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्ने भएको छ ।

नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरिएको १७ औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको सोमबार आयोजित समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकमा उद्यमशीलताको विकास गर्न व्यवसायीलाई सहुलियत ऋणमा कर्जा, भन्सारमा छुटको व्यवस्था गरी औद्योगिक वातावरण कायम गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालमा अमूल्य कला कृति निर्माण गर्न सक्ने सीप रहेकाले यस क्षेत्रमा निर्भर भई व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । देशको विकास र समृद्धिका लागि निजी क्षेत्रको ठूलो महत्व रहेको उल्लेख गर्दै राज्यमन्त्री दुगडले उद्यमीलाई उद्योग स्थापना गर्न विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने झन्झट रहेकाले सोको सञ्चालनका लागि सरकारले सबै काम एउटै निकायबाट पूरा हुने गरी व्यवसायीलाई सहजता प्रदान गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।

महासङ्घ प्रदेश नं. ३ का सदस्य शोभा शाक्यले हस्तकलाको व्यवसायले हाम्रा मौलिक परम्परालाई जगेर्ना गरेकाले सरकारले त्यसको संरक्षण नीति अवलम्बन गर्नुपर्ने बताइन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले अन्तर्राष्ट्रिय बजारको माग अनुरुप गुणस्तरीय वस्तु उत्पादन गर्नुपर्ने र यसका लागि सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।

मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलन, बाँसका वस्तु राखिएका थिए । मेलामा सात प्याभिलियनसहित करिब २०० कक्ष थिए । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको बिक्रीकक्ष राखिएका थिए ।

स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारतलगायत मुलुकमा निर्यात हुँदै आएको छ । आन्तरिक बजारमा करिब रु १० अर्बको हस्तकला सामग्रीको कारोवार हुने गरेको बताइएको छ । यस क्षेत्रले देशभर करिब ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ ।

हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको महासङ्घले जनाएको छ । उक्त कार्यक्रममा हस्तकला प्रतियोगितामा उत्कृष्ट हुने समूह तथा व्यक्तिलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : २७ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित