बाग्लुङ जिप दुर्घटना– १४ मृतक, ३ घाइते र १ जना बेपत्ताको पहिचान खुल्यो « Khabarhub

बाग्लुङ जिप दुर्घटना– १४ मृतक, ३ घाइते र १ जना बेपत्ताको पहिचान खुल्यो


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाग्लुङको भीमगिठेमा भएको जिप दुर्घटनामा मृत्यु हुने सबै १४ जनासहित घाइते र बेपत्ता यात्रुको पहिचान खुलेको छ ।

गुल्मीको इस्माबाट बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ भीमगिठेमा दुर्घटनाग्रस्त भएको थियो ।

जिपमा १८ जना यात्रु सवार रहेकामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ३ जना घाइतेको अहिले अस्पतालमा उपचार भइरहेको छ भने १ जना यात्रु अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार जिप दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मीको इस्मा गाउँपालिकाका मात्रै ११ जना छन् ।

ज्यान गुमाउनेमा इस्मा–४ कीय ३० वर्षीय सुचना कार्की, २५ वर्षी रमेश थापा (चालक तथा साहु), इस्मा–५ की ४० वर्षीय बसुन्धरा कार्की, इस्मा–३ की २३ वर्षी माया थापा, इम्सा–४ की ४० वर्षीया सिता कार्की, सिताकी छोरी २ वर्षी अनुसा कार्की, इस्मा–४ कै ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमि कार्की, २५ वर्षीया मिना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की छन् ।

जिप दुर्घटनामा ज्यान गुमाउनेमा बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ वर्षीया लक्ष्मी केसी, नवलपरासीको बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुना कार्की र कञ्चनपुर घर भएका ५५ वर्षका धनबहादुर कार्की पनि छन् ।

यस्तै, घाइते हुनेहरुमा नवलपरासीको बर्दघाट–२ का २२ वर्षीय जीवन कार्की, गुल्मीको इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की (मृतक सुचना कार्कीका छोरा) र इस्मा गाउँपालिका–४ कै २४ वर्षीया निमा केसी छन् ।

जिप दुर्घटनामा परेर इस्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की अझै बेपत्ता रहेका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ५९ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास