गढीमाईमा बलिका लागि ल्याइएका पशु भारतीय सुरक्षाबलको नियन्त्रणमा « Khabarhub

गढीमाईमा बलिका लागि ल्याइएका पशु भारतीय सुरक्षाबलको नियन्त्रणमा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– हरेक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेला मंगलबारबाट शुरु भएको छ । बाराको बरियापुरमा एक महिनासम्म चल्ने मेलामा दर्शनार्थीहरुको उलेख्य उपस्थिती हुने गरेको छ ।

विश्वमै सबैभन्दा बढी बलि चढाउने मेलाको रुपमा चर्चित बाराको गढीमाइ मेला मंगलबार बिहान पञ्चबलीसहितको विशेष पूजा भएसँगै मेला शुरु भएको हो । मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । हिजोबाट नै बलि दिने काम शुरु भएको छ ।

विभिन्न मनोकांक्षा पूरा होस् भनेर बलि चढाउने गरिँदै आएकामा सर्वोच्च अदालतको आदेशपछि भने बलिलाई निरुत्साहित बनाउने अभियानमा लागेको मेला मूल समितिका महासचिव मोतीलाल शाहको भनाइ छ ।

भारतबाट भित्रिने भक्तजनहरूले बलिका लागि ल्याएका बोका, राँगा भने भारतीय सीमा सुरक्षाबलले नियन्त्रणमा लिने गरेको छ । भारत सरकारले पशुबलीमा लगाएको रोकका कारण बलिका लागि ल्याइएका बोका, राँगालाई सुरक्षा बलले सीमामै बलि दिन लगाउने र मानिसलाई मेला भर्नका लागि भने जान दिने बताएको छ ।

बलिलाई रोक्न र निरुत्साहीत गर्नका लागि विभिन्न पशुअधिकारवादीहरुले अभियान नै चलाएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : १७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार