गढीमाईमा बलिका लागि ल्याइएका पशु भारतीय सुरक्षाबलको नियन्त्रणमा « Khabarhub

गढीमाईमा बलिका लागि ल्याइएका पशु भारतीय सुरक्षाबलको नियन्त्रणमा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– हरेक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेला मंगलबारबाट शुरु भएको छ । बाराको बरियापुरमा एक महिनासम्म चल्ने मेलामा दर्शनार्थीहरुको उलेख्य उपस्थिती हुने गरेको छ ।

विश्वमै सबैभन्दा बढी बलि चढाउने मेलाको रुपमा चर्चित बाराको गढीमाइ मेला मंगलबार बिहान पञ्चबलीसहितको विशेष पूजा भएसँगै मेला शुरु भएको हो । मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । हिजोबाट नै बलि दिने काम शुरु भएको छ ।

विभिन्न मनोकांक्षा पूरा होस् भनेर बलि चढाउने गरिँदै आएकामा सर्वोच्च अदालतको आदेशपछि भने बलिलाई निरुत्साहित बनाउने अभियानमा लागेको मेला मूल समितिका महासचिव मोतीलाल शाहको भनाइ छ ।

भारतबाट भित्रिने भक्तजनहरूले बलिका लागि ल्याएका बोका, राँगा भने भारतीय सीमा सुरक्षाबलले नियन्त्रणमा लिने गरेको छ । भारत सरकारले पशुबलीमा लगाएको रोकका कारण बलिका लागि ल्याइएका बोका, राँगालाई सुरक्षा बलले सीमामै बलि दिन लगाउने र मानिसलाई मेला भर्नका लागि भने जान दिने बताएको छ ।

बलिलाई रोक्न र निरुत्साहीत गर्नका लागि विभिन्न पशुअधिकारवादीहरुले अभियान नै चलाएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : १७ बजे

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन