सागको पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीच १–१ को बराबरी « Khabarhub

सागको पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीच १–१ को बराबरी


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले १–१ गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफमा नै पेनाल्टी मार्फत गोल गरेर नेपालले अग्रता लिएपछि खेलको अतिरिक्त समयमा आएर श्रीलंकाले गोल फर्काउँदा खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ३५ औं मिनेटमा नेपालका अनन्त तामाङलाई श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गर्न आएका कप्तान सुजल श्रेष्ठ विपक्षी टोलीका गोलकिपरलाई छकाउँदै गोल गर्न सफल भएका थिए ।

खेलको ९० औं मिनेटको समयसम्म नेपाल १–० ले अगाडि रहेपनि थपिएको ४ मिनेटको समयमा श्रीलंकाका  एमएस जुद सुवमनले गोल फर्काए ।

१–१ गोलको बराबरीसँगै बुधबारको खेलबाट दुवै टोलीले समान १–१ अंक बाँडेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ०५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन