खैरो हिरोइनसहित चार युवक पक्राउ « Khabarhub

खैरो हिरोइनसहित चार युवक पक्राउ


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रहरीको टोलीले बुधबार साँझ सिरहाको गोलबजार नगरपालिका–३ बाट प्रतिबिन्धित लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ निवासी १८ वर्षीय बालकृष्ण साह, गोलबजार–३ निवासी १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उहाँका भाइ १८ वर्षीय निलमकुमार साहलाई पक्राउ गरेको हो ।

खैरो हिरोइनको खरीद बिक्री गरिरहेका अवस्थामा ब्राउन सुगरसहित चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट ८१ पोकामा करीब चार ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरी निरीक्षक पुरीले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ४५ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले