लिभरपुलले एभर्टनलाई ५-२ ले हरायो « Khabarhub

लिभरपुलले एभर्टनलाई ५-२ ले हरायो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्लिस प्रिमियर लिग फुटबलमा लिभलपुलले एभर्टनमाथि फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा लिभरपुलले एनफिल्डमा एभर्टनलाई ५–२ गोल अन्तरले हराएको हो ।

लिभरपुलसंग फराकिलो हार ब्यहोरेका एभर्टनका प्रशिक्षक मार्को सिल्भा बर्खास्तीको नजिक पुगेका छन् । पछिल्लो हारले रेलिगेशन जोनमा धकेलिएको एभर्टनका प्रशिक्षकमाथि बर्खास्तीको दबाब थपिएको हो ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मुख्य गोलकिपर एलिसनको निलम्बन, फाबिन्होको चोट र मोहमद सलाहा र रोबर्टो फिर्मिन्होलाई आराम दिदै उतारेको सुरुवाती सेटले फरालिको जित निकालेको हो ।

लिभरपुलले प्रभावशाली जित निकाल्ने क्रममा पहिलो हाफमै चार गोल गरेको थियो । साडियो मानेको पासमा डिभोक ओरिजीले दुई तथा जर्दान साकिरीले एक गोल गर्दै लिभरपुललाई सहज सुरुवात दिलाएका थिए ।

माने आफैले एक गोल गरेको खेलमा विजनाल्डमले अन्तिम मिनेटमा लिभरपुलका लागि गोल गरेका थिए । एभर्टनका माईकल केन र रिचर्डलिसनले एक एक गोल गरे ।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर चुकाएका थिए । त्यसमा लिभरपुलका माने र एभर्टनका वैकल्पिक खेलाडी मोइसी केन रहे ।

लिभरपुलले १५ खेलबाट ४३ अंक सहित तालिकामा अग्रता कायम गर्यो । उसले दोस्रो स्थानको लेस्टर सिटीसंग ८ अंकको अग्रता बनायो ।

एभर्टन १४ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा रह्यो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : ४० बजे

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को