छाउगोठमा मृत्यु प्रकरण– अछाम प्रहरीद्वारा मृतक महिलाकका जेठाजु पक्राउ « Khabarhub

छाउगोठमा मृत्यु प्रकरण– अछाम प्रहरीद्वारा मृतक महिलाकका जेठाजु पक्राउ


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएको प्रकरणमा प्रहरीले उनका जेठाजु छत्र रावलाई पक्राउ गरेको छ ।

सोधपुछका लाजि जिल्ला प्रहरी कार्यालय मंगलसेन बोलाएर प्रहरीले रावतलाई हिरासतमा राखेको हो ।

छाउपडी प्रथा कानून अपराध भएकाले रावतलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका रावतविरुद्ध प्रहरीले मुलुकी फौजदारी अपराध संहिताको दफा १६८ को उपदफा (३) बमोजिमको कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

फौजदारी संहिताको दफा १६८ को उपदफा (३) मा रजश्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैदा वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

प्रहरीले रावतविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत पनि अनुसन्धान अगाडि बढाएको छ ।

मुलुकी फौजदारी अपराध संहिताको ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा (१७८) को उपदफा (१) मा ज्यान जान सक्ने काम गर्न नहुने उल्लेख छ । यस्तो कसुर गर्ने व्यक्तिलाई जन्म कैदसम्मको सजाय हुने व्यवस्था अपराध संहितामा गरिएको छ ।

‘अहिले रावतमाथि अनुसन्धान शुरु भएको छ । उनले महिला (मृतक पार्वती)लाई छाउ गोठमा बस्न बाध्य पारेका हुन् भने ज्यान जान सक्ने काम गरेको अभियोगमा पनि अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी कार्यालय अछामका एक अधिकारीले भने ।

श्रीमानसहित ससुरा र सासुसमेत कामका लागि भारतमा रहेको अवस्थामा पार्वती आफ्ना जेठाजु र जेठानीसँग बस्दै आएकी थिइन् ।

महिनावारी भएको बेला छाउगोठमा बसेको अवस्थामा पार्वतीको आइतबार राति मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : ४७ बजे

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको

स्वास्थ्यमन्त्री शर्माद्वारा दोलखा र रामेछापका अस्पताल अनुगमन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका

रास्वपा बैठकमा बालेन्द्र सहभागी नहुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको समानुपातिकको

रास्वपा बैठक : अन्य नेता पार्टी कार्यालयमा, रवि भर्चुअलमार्फत् जोडिने, बालेन जाने टुंगो छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न

अबको १० दिनमा बालेन प्रधानमन्त्री बन्छन् : मनिष झा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अबको १० दिन