कालापानी प्रकरणमा सत्तारुढ नेकपाले नयाँ नक्सा जारी गर्न लगाउने | Khabarhub Khabarhub

कालापानी प्रकरणमा सत्तारुढ नेकपाले नयाँ नक्सा जारी गर्न लगाउने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले गत कात्तिक २ गते जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र नालापानीलाई समेत समेटेको विषयले चर्को रुप लिइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ नक्सार तयारी गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय समाचार समिति (रासस)ले लेखेको समाचारअनुसार नेकपाले पार्टीगत निर्णय नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई नेपालको नक्सा तयार गरी वितरण गर्न भनेको छ ।

राससको समाचारमा नेकपा सचिवालय सदस्य बामदेव गौतमको भनाइ उल्लेख गर्दै लेखिएको छ, ‘हामी अरु देशको एक इञ्च भूमि पनि लिँदैनौ र हाम्रो भूमि पनि छाड्दैनौं । त्यसका लागि सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक पहल गरेर नक्सा सार्वजनिक गर्नेछ ।’

रासससँगको ‘कुराकानी’मा नेकपा नेता गौतमले सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीको विशेष दूतको रुपमा वरिष्ठ नेता माधवकुमार नेपाल भारत जाने पनि तय भइसकेको जानकारी दिएका छन् ।

नेपाल र भारतबीच लामो समयदेखि करिब १ सय ठाउँमा सीमासम्बन्धी विवाद चल्दै आएको छ । पछिल्लो समय नोपलको पश्चिमोत्तर भू–भाग लिम्पियाधुरा, कालापानी र नालापानीलाई भारतले आफ्नो भू–भागका रुपमा समावेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ९ : ०५ बजे

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा