लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप गम्भीर भएको छ– आईजी खनाल « Khabarhub

लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप गम्भीर भएको छ– आईजी खनाल


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजक र गम्भीर रहेको बताएका छन् । उनले १ र २ नम्बर प्रदेश प्रहरी कार्यालयअन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै हिंसा र हत्याका घटना रोक्न थप सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।

उनले सो क्षेत्रका लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अभियन्तासँग समेत बिहीबार नै भिडियो कन्फ्रेन्समार्फत अन्तरक्रिया गरे । उक्त अभियानमार्फत विभिन्न जिल्लामा सञ्चालन भइरहेको जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न उनले सम्बन्ध प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

अन्तरक्रियाको क्रममा प्रहरी महानिरीक्षक खनालले जिल्लास्थित विभिन्न महिला सञ्जालका अध्यक्ष तथा पदाधिकारीले दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन सम्बन्धित कार्यालया प्रमुखलाई आग्रह गरे ।

उनले ती जिल्लाको शान्ति सुरक्षाको अवस्था तथा कामबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग जानकारी लिएका थिए । आईजी खनालले महिला सञ्जालको भूमिकालाई समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर समाजमा हुने लैङ्गिक हिंसाका घटनालाई शून्य सहनशीलता विधिको माध्यमद्वारा निस्तेज गर्न थप अभियान चलाउनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ३५ बजे

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,

काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना