उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता समाप्त « Khabarhub

उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता समाप्त


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनको लागि लागू भएको आचारसंहिता समाप्त भएको जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी कात्तिक ८ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता आयोगको मङ्सिर १७ गतेको निर्णयानुसार कार्यान्वयनको समय समाप्त भएको आयोगले जनाएको छ ।

आयोगले मौन अवधिमा पालना गर्नुपर्ने आचारणबमोजिम विभिन्न राजनीतिक दल तथा उम्मेदवारले आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारको सामग्री हटाएको हुनुपर्ने व्यवस्थाअन्तर्गत ब्यानर, तुल, झण्डा, पर्चा आदि हटाई वातावरण स्वच्छ र सफा राख्ने कार्य भएको छ भन्नेमा विश्वस्त रहेको जनाएको छ ।

सम्बन्धित जिल्ला निर्वाचन अधिकारीले यस कार्यको अनुगमन गरी आयोगमा प्रतिवेदन पठाउन निर्देशन गरिएकोआयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिवेदन प्राप्त भएपछि यस व्यवस्थाबमोजिम प्रचारप्रसार सामग्री नहटाउने राजनीतिक दल तथा उम्मेदवारको अभिलेख आयोगमा राखिनेछ । आयोगले उपनिर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै मतदानमा सहभागी हुने सम्पूर्ण मतदाताको सहभागिताका लागि आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ४५ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने