कृषिमा सरकारी रकम दुरुपयोग, काम सम्पन्न नभईकनै भुक्तानी « Khabarhub

कृषिमा सरकारी रकम दुरुपयोग, काम सम्पन्न नभईकनै भुक्तानी


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा एक आयोजनाको काम सम्पन्न नभईकनै भुक्तानी गरिएको पाइएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहलाई पूरा काम नै नगरी भुक्तानी गरेको पाइएको हो ।

ढुङ्गेधारामा कागती खेतीका लागि आव २०७५/७६ मा ५ नं प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयद्वारा कागती खेतीका लागि रु १३ लाख ३२ हजार ६५० र गाउँपालिकाबाट रु दुई लाख ३४ हजार ७७६ गरी कुल रु १५ लाख ५६ हजार ४२६ विनियोजन भएको थियो ।

त्यसरी विनियोजन गरिएको बजेटको २०७६ असार मसान्तभित्र सबै काम सकिसक्नुपर्ने हो । तर मन्त्रालय र गाउँपालिकाले आयोजनाको कामको अनुगमन र मूल्याङ्कनसमेत नगरी नक्कली कागजपत्र बनाएर काम पूरा नभएको योजनाको भुक्तानी दिएको प्रमाणित भएको छ ।

उक्त आयोजनाको आर्थिक वर्ष सकिएको पाँच महिना सकिसक्दा पनि सम्झौताअनुसारको काम भने हुन सकेको छैन । अहिले कागती खेतीका लागि भन्दै ढुङ्गेधाराको खाली जमीनमा खाल्डा पारिएको छ । शुरुको चरणमा २५० कागतीका बिरुवा रोपे पनि अहिले केही मात्र जीवित छन् । बिरुवाका लागि अपनाउनुपर्ने कुनै पनि संरक्षणको उपाय नअपनाउँदा रोपेका बिरुवासमेत मर्न थालेका छन् भने कतिपय बिरुवा गाईवस्तुले खाएका छन् । अहिले जीवित र मरेका बिरुवाका सङ्ख्याबारे उपभोक्ता समिति पनि अनभिज्ञ छ ।

वागवानी समितिका सचिव चुराबहादुर कुँवरले आयोजनामा आएको बजेटको स्रोत नै आफूलाई थाहा नभएको बताए । “गाउँपालिका र प्रदेश सरकारले रु १५ लाख दिएको हो भन्ने सुनिन्छ, वास्तविकता कसैले भन्दैनन्”, उनले भने “सबै काम समितिका अध्यक्षले गर्नुहुन्छ, हामीलाई पत्तै हुँदैन ।”

उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेलले प्रदेश र गाउँपालिकाबाट विनियोजित रकम सबै भुक्तानी लिएको बताए । थोरै काम बाँकी भए पनि धेरै काम पूर्ण गरिएको उनले बताए ।

अहिले पनि समितिको खातामा रु एक लाखभन्दा बढी रकम बचत रहेको र आफूले समितिका सबै पदाधिकारीसँग समन्वय गरेर काम गरेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले काम सम्पन्न भएपछि नै भुक्तानी हुनुपर्ने बताए । उपभोक्ता समिति गठन भइसकेपछि त्यसले गरेको काम अनुगमन समिति र मूल्याङ्कन समितिले निरीक्षण गरिसकेपछि मात्र भुक्तानी हुनुपर्नेमा आफू सहमत रहेको उनले प्रतिक्रिया दिए । वागवानीमा भएको अनियमितताबारे पनि आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ५ : ५६ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष