सुरक्षा कारवाहीमा २७ तालिबान लडाकु मारिए « Khabarhub

सुरक्षा कारवाहीमा २७ तालिबान लडाकु मारिए


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको कुन्दुज प्रान्तमा गरिएको सैनिक कारबाहीमा त्यहाँ सक्रिय इस्लामिक लडाकु समूह तालिबानका २७ लडाकु मारिएका छन् ।

अफगान फौजले उत्तरी कुन्दुजको इमाम साहिब जिल्लामा गरेको सैनिक कारबाहीमा अन्य १६ तालिबान लडाकु घाइते भएको स्थानीय सैनिक अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ ।

शुरुमा तालिबान लडाकुले स्थानीय सुरक्षा चौकी कब्जा गरेको र तालिबान लडाकुबाट चौकी मुक्त गर्न गरिएको सैनिक कारबाहीमा तालिबान लडाकु मारिएको बताइएको छ ।

त्यसअघि तालिबाले उक्त सुरक्षा चौकी आक्रमणमा धेरै अफगान सुरक्षा फौजका सैनिक मारिएको जनाएका थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ३ : ०० बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा