साग क्रिकेटमा नेपाल र बंगलादेश भिड्दै « Khabarhub

साग क्रिकेटमा नेपाल र बंगलादेश भिड्दै


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३औं सागको पुरुष क्रिकेटमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ ।

नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल पौने १० बजेबाट शुरु भएको हो ।

जारी सागको क्रिकेटमा स्वर्ण पदक दाबेदार बङ्गलादेशलाई पराजित गर्न सके फाईनलमा पुग्नेछ। नेपालले यसअघि इमर्जिङ कपमा बङ्गलादेशबिरुद्ध पराजित भएको थियो।

पाँच राष्ट्र सहभागी साग पुरुष क्रिकेटको पहिलो खेलमा नेपाली क्रिकेट टोली श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो। त्यसपछि भने नेपालले भुटान र माल्दिभ्सको क्रिकेट टोलीमाथि सहज जीत निकालिसकेको छ।

शीर्ष दुई टोलीमा पर्न आजको खेलमा नेपालले जसरी पनि जित्नुपर्ने हुन्छ। स्वर्णको दाबेदार दुई राष्ट्र श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनै बाँकी छ।

आजको खेल हारेमा नेपालको स्वर्ण सम्भावना सकिनेछ। जारी सागमा लगातार तीनवटा खेल जितेर ६ अङ्क जोड्दै श्रीलङ्का अङ्क तालिकाको शीर्ष स्थानमा छ।

बङ्गलादेशले २ खेलबाट ४ अङ्क जोडेको छ। यी दुबै राष्ट्रका यु–२३ टोलीले अहिलेसम्म कुनै खेल हारेका छैनन्। अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले तीन खेलमध्ये दुईमा जीत र एकमा हार ब्यहोर्दै ४ अंक जोडेको छ। माल्दिभ्स र भुटानले पनि यसअघिका सबै खेलमा पराजय भोगेका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १० : २४ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने