साग क्रिकेटमा नेपाल र बंगलादेश भिड्दै « Khabarhub

साग क्रिकेटमा नेपाल र बंगलादेश भिड्दै


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३औं सागको पुरुष क्रिकेटमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ ।

नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल पौने १० बजेबाट शुरु भएको हो ।

जारी सागको क्रिकेटमा स्वर्ण पदक दाबेदार बङ्गलादेशलाई पराजित गर्न सके फाईनलमा पुग्नेछ। नेपालले यसअघि इमर्जिङ कपमा बङ्गलादेशबिरुद्ध पराजित भएको थियो।

पाँच राष्ट्र सहभागी साग पुरुष क्रिकेटको पहिलो खेलमा नेपाली क्रिकेट टोली श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो। त्यसपछि भने नेपालले भुटान र माल्दिभ्सको क्रिकेट टोलीमाथि सहज जीत निकालिसकेको छ।

शीर्ष दुई टोलीमा पर्न आजको खेलमा नेपालले जसरी पनि जित्नुपर्ने हुन्छ। स्वर्णको दाबेदार दुई राष्ट्र श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनै बाँकी छ।

आजको खेल हारेमा नेपालको स्वर्ण सम्भावना सकिनेछ। जारी सागमा लगातार तीनवटा खेल जितेर ६ अङ्क जोड्दै श्रीलङ्का अङ्क तालिकाको शीर्ष स्थानमा छ।

बङ्गलादेशले २ खेलबाट ४ अङ्क जोडेको छ। यी दुबै राष्ट्रका यु–२३ टोलीले अहिलेसम्म कुनै खेल हारेका छैनन्। अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले तीन खेलमध्ये दुईमा जीत र एकमा हार ब्यहोर्दै ४ अंक जोडेको छ। माल्दिभ्स र भुटानले पनि यसअघिका सबै खेलमा पराजय भोगेका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १० : २४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ