बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य « Khabarhub

बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशको यू-२३ टिमले नेपाललाई जितका लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनायो ।

खराब सुरुवात गरेको बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेपछी बंगलादेश लयमा फर्किएको थियो । उसका नाजमुल होसेन सान्तो र आफिफ होसेनले अर्धशतकीय खेले ।

६० बलको सामना गरेका सान्तोले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए । यस्तै आफिफ होसेनले ५२ रन बनाए ।

नेपालका पारस खड्काले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए ।

आजको खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गर्ने नेपालको लक्ष्य छ । अघिल्ला तीन खेलमा दुई जित र एक हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । यस्तै शुक्रबार माल्दिभ्सलाई सहजै पराजित गरेको थियो ।

बंगलादेश यू-२३ ले २ खेलमा २ जित हात पार्दै ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । नेपालसंग बराबर अंक भएपनि बंगलादेश नेट रन रेटको आघारमा अघि छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ४३ बजे

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति