नखानुस् खाली पेटमा यी खानेकुरा « Khabarhub

नखानुस् खाली पेटमा यी खानेकुरा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खानेकुरा खाँदैमा स्वस्थ हुइन्छ भन्ने होइन । त्यसका लागि सही समय र तौरतरिकालाई पनि ख्याल गर्नु वा मिलाउनु पर्ने हुन्छ ।

अन्यथा स्वस्थकर खानेकुराले पनि तपाईलाई बिरामी पार्न सक्ने वा रोग निमत्याउन सक्ने खतरा रहन्छ । खाली पेट वा भरिएको पेट भएको बेलामा केही खानेकुरा नखानु भन्ने नेपाली समाजमा पनि चलन चल्तीमा रहेको हुन्छ ।

आज हामी यस्ता केही खाने कुरा जो खाली पेट खान उपयुक्त हुँदैन त्यस्ता खानेकुराबारे यहाँ चर्चा गर्न गइरहेका छौं

केराः पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

दहीः पेटका लागि निकै उपयोगी खानेकुरा हो । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

अमिला फलफूलः अधिकांशले रुचाउँछन् । तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ । खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छन् । त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

चिया वा कफीः चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ । यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर पुर्‍याउँछ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  २ : ५४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल