विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ « Khabarhub

विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन नगरपालिका–८ को पोख्राङ गाउ“बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताए ।

प्रहरीले गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला–१५ थान, सेप्टी फ्यूज ९.९५ मिटर, नन्इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तक, एक थान मोबाइल र दुई थान सिमकार्ड फेला परेको थियो ।

पक्राउ परेका गौतमबारे थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । तीन दिन अगाडि पाँचखपन नगरपालिकाको को१झ ५४० नंको स्कर्पियो गाडी पाँचखपनदेखि खाँदबारी जाँदै गर्दा बिहीबार दिउँसो अज्ञात समूहद्वारा तोडफोडसमेत भएको थियो ।

सो समूहले पटक–पटक फोनबाट चन्दा माग गरेको जनप्रतिनिधिले बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ५५ बजे

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित