एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित एक जना पक्राउ  | Khabarhub Khabarhub

एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित एक जना पक्राउ 


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ भडरीबाट मंसीर २१ गते एपीएफ टोलीले ७ लाख ८२ हजार ७ सय २८ रुपैयाँ बराबरको एक सय २६ ग्राम एक सय मिलि ग्राम सुन तथा ५ लाख ५ हजार ६४ रुपैयाँ बराबरको ६ केजी ८ सय ५० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी गोब्राही घर बताउने ४० बर्षिय जयप्रकाश यादव छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवढियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई जाँच गर्दा उल्लेखित सुन र चाँदी फेला परेपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ९ : १० बजे

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

वीरगञ्ज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ