धरानमा चुनाव जित्नु कांग्रेसको ठूलो सफलता – देउवा « Khabarhub

धरानमा चुनाव जित्नु कांग्रेसको ठूलो सफलता – देउवा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पाटीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

पार्टीको सिद्धार्थनगर समितिको दोस्रो नगर भेला तथा साइकल/ह्विल चेयर वितरण समारोहमा सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

देउवाले पार्टी भित्र अन्तरघात भएसम्म कांग्रेसले चुनाव जित्न नसक्ने बताए । ‘पार्टीभित्रैबाट विद्रोही उम्मेदवार बन्ने, विद्रोही उमेदवारको प्रस्तावक र समर्थक बनेर पार्टीलाईगर्ने’ देउवाले भने, ‘यस्ता कार्यकर्तालाईकारबाही नगर्दासम्म पार्टीभित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहन्छ। यो पार्टीभित्रको डरलाग्दो रोग हो। यसलाई निर्मूल पार्नुपर्छ।’

यद्यपि उपनिर्वाचनमा धरान उपमहानगरपालिमा कांग्रेस कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले भनाइ थियो । ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु कांग्रेसको ठूलो सफलता हो,’ उनले भने ।

पार्टीभित्रै बसिरहने र अन्तर्घात गरेर निर्वाचन हराउने प्रवृत्ति खतरनाक रहेको देउवाको भनाइ छ। हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्यासमिति बैठकमा समिक्षा गरिने देउवाले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १० : ११ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त