राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल २’ का विजेता « Khabarhub

राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल २’ का विजेता


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द भ्वाइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा उनी दर्शकको भोटका आधारमा विजयी भएका हुन् ।

उनी प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धामा थिए ।

साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलका लागि छनोट भएका थिए ।

शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । यो रियालिटी शो पछिल्लो समय नेपालमा रुचाइएको रियालिटी शोमध्ये एक हो ।

योसँगै राम लिम्बुले नगद रु. १२ लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना