युनिभर्सल कलेजले शुल्क फिर्ता शुरु गर्‍यो, आन्दोलन स्थगित तर विद्यार्थीले परीक्षा दिएनन् « Khabarhub

युनिभर्सल कलेजले शुल्क फिर्ता शुरु गर्‍यो, आन्दोलन स्थगित तर विद्यार्थीले परीक्षा दिएनन्


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भैरहवामा रहेकाे युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ताको प्रक्रिया आज ( आइबार) देखि शुरु गरेको छ ।

कलेज सञ्चालक र आन्दोलनरत विद्यार्थीसँग हिजो (शनिबार) राति भएको वार्ता पछि कलेजले विद्यार्थीहरुको शुल्क फिर्ताको प्रक्रिया शुरु गरेको हो ।

कलेजले वार्ता गरेर शुल्क फिर्ताको प्रक्रिया थालेपछि आन्दोलनरत विद्यार्थीहरुले कलेज प्रशासनमा लगाएको ताला पनि खुलाएका छन् ।

शुल्कको विषयमा लामो समयदेखि विद्यार्थी र कलेज सञ्चालकबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसी सहितको सहभागितामा वार्ता भएको थियो ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका बिद्यार्थी शुल्क फिर्ताको लागि निवेदन दिदै

शनिबार राती भएको वार्तामा कलेज सञ्चालक र आन्दोलनरत विद्यार्थीबीच ६ बुदे सहमति भएको छ । सहमति पत्रमा कलेजको तर्फबाट पिएस अजय कुमार, बिएन सन्तोष कुमार र आन्दोलनरत विद्यार्थीको तर्फबाट १५ जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।

वार्षिक परीक्षा बहिष्कार

शनिबार भएको वार्तामा शुल्क फिर्ताको विषयमा सहमति भएपनि एमबीबीएस र बिडिएसको प्रथम वर्षको परीक्षामा भने विद्यार्थीहरु सहभागि भएका छैनन् ।

युनिभर्सल कलेजका एमबीबीएसका एक विद्यार्थीका अनुसार रेगुरल तर्फका विद्यार्थी एक सय जना र बिडिएसका ४० जना विद्यार्थीले वार्षिक परीक्षा बहिष्कार गरेका हुन् ।

‘मन्त्रालयकै व्यक्ति पनि आएर कलेज सञ्चालक र हामीबीच वार्ता भयो शुल्क फिर्ता गर्ने भनेर, हामीले वार्तामा सहमति जनाएर कलेजमा लगाएको ताला खुलायौं,’ एमबीबीएसका एक विद्यार्थीले भने, ‘तर हामीले एमबीबीएस बिडिएसको परीक्षा भने बहिष्कार गरेको हो । शुल्क फिर्ता गर्ने सहमित भएपनि यो पटकको परीक्षा दिएका छैनौं ।’

 

यस्तो छ सहमति

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका आन्दोलरत बिद्यार्थी र कलेज सञ्चालकबीच भएको सहमतिकाे पत्र
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका आन्दोलरत बिद्यार्थी र कलेज सञ्चालकबीच भएको सहमति पत्र

 

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ५५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका