रेशम चौधरीको मुद्दा कानूनी भन्दा पनि राजनीतिक हो : उपेन्द्र यादव | Khabarhub Khabarhub

रेशम चौधरीको मुद्दा कानूनी भन्दा पनि राजनीतिक हो : उपेन्द्र यादव



काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद् रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले आजीवन कारावासको फैसला गर्नु दुर्भाग्यपूर्ण हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले सांसद चौधरीको मुद्दालाई राजनीतिक तवरबाटै समाधान खोजिनुपर्नेमा त्यसो हुन नसकेको भन्दै यसले जोखिम निम्त्याउन सक्ने बताए ।

खबरहबसँग विशेष कुराकानी गर्दै उपप्रधानमन्त्री यादवले भने, ‘रेशम चौधरीको मुद्दा कानूनीभन्दा पनि राजनीतिक हो, राजनीतिमा अनुहार, भूगोल, सामाजिक, सांस्कृतिक समुदाय हेरेर फरक–फरक निष्कर्षमा पुग्नु हुँदैन । तसर्थ समाधान पनि राजनीतिबाट नै हुनुपर्छ ।’

सरकारले यस मुद्दालाई राजनीतिक निर्णयबाट सम्बोधन गरिएको भए उपयुक्त हुने तर्क गर्दै उनले क्षेत्र तथा भूगोलका आधारमा पूर्वाग्रह राख्न नहुने तर्क गरे । आफ्नो पार्टीको शुरुदेखिको अडान नै राजनीतिक समस्याको हल राजनीतिबाटै गर्नुपर्ने रहेको स्पष्ट पारे ।

त्यस्तै, उनले नेपालको इतिहासमा कानूनी तवरबाट समाधान खोजिएका कुनै पनि राजनीतिक प्रश्नको समाधान हुन नसकेको समेत टिप्पणी गरे ।

अब संघीय समाजवादी फोरम पनि सरकारबाट बाहिरिन्छ कि ? भन्ने प्रश्नमा उपप्रधानमन्त्री यादवले अवस्थालाई थप परिपक्व हुन दिइनुपर्ने प्रतिक्रिया दिए । खबरहबसँग गरिएको विस्तृत अन्तरवार्ता शुक्रबार प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ०७ बजे

साउदी अरब द्वारा इरानमा भएको इजरायली आक्रमणको निन्दा

काठमाडौं- सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी

काठमाडौं जिल्लाव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं– काठमाडौं महानगरपालिका–२६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२’

सगरमाथा संवादको उपलब्धि के ? संसदीय समितिमा आरजुको जवाफ – ‘राम्रो डायलग र छलफल भयो’

काठमाडौँ – परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा

इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो

काठमडौं– इजरायलले शुक्रबार सबेरै इरानमा आक्रमण गरेको छ । इजरायलले

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा

धनगढी– सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा