साग सफल बनाउन योगदान दिने सबैप्रति सरकारद्वार आभार प्रकट  « Khabarhub

साग सफल बनाउन योगदान दिने सबैप्रति सरकारद्वार आभार प्रकट 


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) मा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अधिकृतलगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सरकारले साग सम्पन्न गर्न योगदान दिने मूल आयोजक समिति, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् तथा सम्पूर्ण नेपाली जनताका साथै काठमाडौँ, पोखरा र जनकपुरवासीप्रति कृतज्ञता व्यक्त गरेको छ ।

आज साँझ साग समापन समारोह सम्पन्न भएको घोषणा गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले छिमेकीहरुबीचको मित्रता अझ वृद्धि भएको तथा क्षेत्रीय एकतामा योगदान दिएको बताए ।

“आगामी दिनमा खेलकूद नेपाललाई चिनाउने आधार पनि बनेको छ”, रक्षामन्त्रीले भने ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री तथा मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले खेलाडीहरुको खेल जीवन अझ उज्यालो होस् भन्दै उनीहरुको सफलताको कामना गरे ।

राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले राष्ट्रको शिर उँचो बनाएकामा अभिनन्दन गर्दै नेपाल र नेपालीले चाहे भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्नो लक्ष्य र योजना सफल बनाउन सक्ने उदाहरण साग भएको विचार राखेका थिए ।

उनले प्रधानमन्त्रीले खेलाडीहरुसँग खुशी साटासाट गर्ने र केही प्याकेज घोषणा गर्ने जानकारी पनि दिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनुशासितरुपमा उत्कृष्ट खेल प्रदर्शन गरी खेलाडीले एकता र मित्रता प्रदर्शन गरेको बताउँदै खेल सम्पन्न गर्ने काठमाडौँ, पोखरा र जनकपुर नगर तथा नगरवासीलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ७ : ४३ बजे

महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीको ‘तालतलैया’

धरान- सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल