च्याम्पियन्स लिग फुटबल– दुई मिनेटमा दुई गोल गर्दा लिभरपुर अन्तिम १६ मा « Khabarhub

च्याम्पियन्स लिग फुटबल– दुई मिनेटमा दुई गोल गर्दा लिभरपुर अन्तिम १६ मा


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ‘ई’ को विजेता बन्दै लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।

मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ स्थान बनाउन सफल भएको हो ।

रेडबुल एरिना अष्ट्रियमा मंगलबार राति लिभरपुललाई जिताउन नावी केइटा र मोहम्मद सलाहले गोल गरे । उनीहरुले दोस्रो हाफमा २ मिनेटको अन्तरमा २ गोल गरेका थिए ।

लिभरपुलले ५७औं मिनेटमा साडियो मानेको पासमा नावी केइटाको गोलबाट अग्रता बनाएको थियो । लगत्तै ५८औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल लिभरपुलले २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो । १२ अंक जोडेको इटालियन क्लब नेपोली उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । साल्जवर्गले ७ तथा जिन्कले १ अंक जोड्यो ।

यही समूहको अर्को खेलमा नेपोलीले जिन्कलाई ४–० ले पराजित गर्दा मिलिकले ह्याट्रिक पुरा गरे । ड्रिएस मेर्टिन्सले एक गोल थपे ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ४० बजे

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले

आठ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान- जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनतर्फ

यसकारण मेस्सी फुटबलका ‘राजा’

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित