गलातासारेलाई ५-० ले हराउँदै पीएसजी नकआउट चरणमा « Khabarhub

गलातासारेलाई ५-० ले हराउँदै पीएसजी नकआउट चरणमा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) अपराजित रहँदै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० गोल अन्तरले हरायो ।

मौरो ईकार्डीले दिलाएको अग्रतालाई पाब्लो सर्वियाले दोब्बर बनाउने काम गरेका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । यस सिजनको च्याम्पियन्स लिगमा नेयमारको पहिलो गोल हो ।

केलियन एमबाप्पले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए ।

खेल सकिन ६ मिनेट अघि ईडिन्सन काभानीले पेनाल्टीमा गोल गर्दै ५–० को प्रभावशाली जित दिलाए ।

पीएसजीले समूह एको दोस्रो स्थानमा रहेको रियल मड्रिडसंग ५ अंकको अग्रता सहित अन्तिम १६ मा प्रवेश गर्‍यो।

गलातासारे समूहको अन्तिममा रहँदै प्रतियोगिताको अन्त्य गर्‍यो।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : ०३ बजे

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार