एटलान्टा च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलमा « Khabarhub

एटलान्टा च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलमा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एटलान्टा च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पुगेको छ । समूह चरणको पहिलो तीन खेलमा पराजित भएको एटलान्टा आश्चर्यजनिक रुपमा प्रिक्वार्टर फाइनलमा पुगेको हो ।

पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाउन सफल एटलान्टाले डाइनामो जाग्रेबसँग ४-०, शाक्टर डोनेस्ट्कसँग २-१ र म्यान्चेष्टर सिटीसँग ५-१ को फराकिलो हार ब्यहोरेको थियो ।

त्यसपछि उसले आफ्नो होममा म्यान्चेष्टर सिटीलाई बराबरीमा रोक्न सफल भयो भने डाइनामो जाग्रेबलाई २-० ले हरायो । अन्तिम खेलमा शाक्टर डोनेस्ट्कलाई ३-० ले हराउँदै एटलान्टा नकआउट चरणमा स्थान बनाउन सफल भयो ।

शाक्टरको मैदानमा भएको खेलमा एटलान्टालाई जित दिलाउनका लागि टिमोटी कास्टाग्ने, मारियो पासालिच र रोविन गोसेन्सले दोस्रो हाफमा गोल गरेका थिए ।

६६औं मिनेटमा कास्टाग्नेको गोलबाट एटलान्टाले अग्रता लियो । ७७औं मिनेटमा शाक्टरका डोडो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कमजोर बनेको युक्रेनी क्लबले दुई गोल खायो । ८०औं मिनेटमा पासालिच र इन्ज्युरी समयमा गोसेन्सले गोल गर्दै एटलान्टालाई ऐतिहासिक जित दिलाए ।

यो समूहबाट म्यान्चेष्टर सिटी विजेता बन्दै नकआउट चरणमा पुगेको छ । अन्तिम खेलमा सिटीले क्रोएसियाको डाइनामो जाग्रेबलाई ४–१ ले हरायो । सिटीको जितमा ग्याब्रियल जेससले ह्याट्रिक गरे ।

१०औं मिनेटमा डानियल ओल्मोको गोलबाटा अग्रता पाएको डाइनामो विरुद्ध जेससले ३४, ५० र ५४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । ८४औं मिनेटमा फिलिप फोडेनले गोल गर्दै सिटीलाई सहज रुपमा नकआउट चरणमा पुर्‍याए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : १७ बजे

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले

आठ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान- जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनतर्फ

यसकारण मेस्सी फुटबलका ‘राजा’

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित