१९ लाख घरेलु कामदार न्युनतम पारिश्रमिकबाट बञ्चित | Khabarhub Khabarhub

१९ लाख घरेलु कामदार न्युनतम पारिश्रमिकबाट बञ्चित


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा झण्डै १९ लाख घरेलु कामदार कार्यरत छन् । घरेलु कामदारका रुपमा कार्यरत महिलाको संख्या धेरै छ ।

घरेलु कामदारका रुपमा कार्यरत कामदारलाई सरकारले रोजगारीको क्षेत्र भन्दै सूचिकृत गर्न सकेको छैन । जसका कारण यो क्षेत्रमा कार्यरत श्रमिक ओझेलमा पर्दै आएका छन् ।

देशभर करिब १९ लाख घरेलु कामदार रहेको नेपाल घरेलु कामदार ट्रेड युनियनले जनाएको छ । घरेलु कामदारमा धेरै महिला रहेको युनियनले जनाएको छ । घरेलु महिला कामदार सरकारले दिएको सुविधाबाट बञ्चित रहेको भन्दै युनियनहरुले आवाज उठाउँदै आएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपँयौ तोकेको छ । तर घरेलु महिला कामदारले भने मन्त्रालयले तोकेको तलब नपाउने गरेको युनियनले जनाएको छ ।

घरेलु कामदार सरकारले तोके बमोजिम सेवा सुविधा नपाउने गरेको युनियनका अध्यक्ष चन्द्रसागर लामाले बताए ।

घरेलु कामदारलाई सरकारी मापदण्डमा राख्न नसक्दा समस्या जस्ताको तस्तै रहेको अध्यक्ष लामाले बताए ।

‘सरकारले घरेलु कामदारलाई वेवास्ता गर्दा यो क्षेत्रमा काम गदै आएका धेरै महिला श्रमिक विस्थापित हुँदै गएका छन् । घरेलु कामदारले सरकारले अन्य श्रमिकको जस्तो सेवा सुविधा पाएका छैन । यो विषयमा सरकार गम्भीर नहुँदा उनीहरुका समस्या सम्बोधन हुनसकेका छैन,’ उनले भने ‘सरकारले अन्य क्षेत्रमा काम गर्ने श्रमिकलाई विभिन्न प्रकार सेवा सुविधा दिइरहेको छ । तर घरेलु कामदारलाई अन्य श्रमिकलाई दिएको जस्तो सुविधा दिएको छैन । ’

सरकारकै लोकप्रिय कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा कोष जस्ता क्षेत्रमा घरेलु कामदार नसमेटिएको उनको भनाई छ । राज्यले घरेलु कामदारका हकमा बेग्लै कानूनी व्यवस्था गर्नुपर्ने उनको माग छ ।

नेपालमा विगत १० वर्षमा अनौपचारिक रोजगारीका माग ह्वात्तै बढेको छ । नेपालमा घरेलु कामदार कति छ भन्ने यकिन तथ्यांक छैन । तर १९ लाखभन्दा बढी कामदार रहेको महिला श्रमिक संघकी सभापति विन्दु श्रेष्ठले बताइन ।

उनले भनिन, ‘मुद्दा महिला शशक्तिकरण र निम्न वर्गका श्रमिकलाई यो क्षेत्रले समेटेको छ । बेरोजारीको समस्या समाधानका लागि घरेलु कामले विस्थापन गर्दै आएको । सरकारले यो क्षेत्र उपेक्षा गरिरहेको छ । घरमा बसेर काम गर्नेमा अधिकांश महिला छन् । जसका कारण सरकारले वेवास्ता गरिरहेको छ ।’

८० प्रतिसतभन्दा बढी घरेलु कामदारमा महिला छन् । परम्परागत सीपका क्षेत्र हस्तकला, सिलाईबुनाईमा महिलाको उल्लेख्य रहेको उनको भनाइ छ ।

परिचय खुलाउन हिचकिचाउँछन

विगत ५ वर्षदेखि घरेलु क्षेत्रमा काम गदै आएकी चन्द्रगिरी नगरपालिकाकी धनमाया तामाङ अहिले सम्म आफुलाई घरेलु महिला कामदार भन्न रुचाउदिनन् । तामाङले घरेलु काम गरेर ५ जनाको परिवार पाल्दै आएको बताइन ।

तामाङलाई घर–घरमा काम गर्दागदै सबैले घरेलु कामदार भनेर चिनेपछि मात्र उनलाई म यो काम गर्छु भनेर परिचय दिन थालेको बताउँछिन् ।

तामाङले भनिन, ‘उमेर भइनजेल काम गर्ने हो । बुढेसकालले छोएपछि यस्तो काम गर्ने सकिदैन । सरकारले हामी जस्ता घरेलु कामदारलाई बढेसकालमा साहारा हुने केही सुविधा दिनुपर्छ । सरकारले हामी जस्ता घरेलु कामदारको सुरक्षाका लागि केही सोच्नुपर्छ ।’

यस्तै, ७ वर्षदेखि ललितपुरको कुपन्डोलमा घरेलु कामदारको काम गदै आएकी सुनिता बिक एक वर्षयता मात्र आफुलाई घरेलु कामदार भनेर चिनाउन थालेको बताँउछिन् । बिकलाई कसैले घरमा काम गर्ने भनेको मन पर्दैन् ।

घरमा काम गर्ने महिलाभन्दा समाजले अपमान गरेजस्तो लाग्ने गरेको बिकले बताइन । ‘टाईसुट लगाएर जागिर खानेलाई मात्र समाजले राम्रो देख्छ । त्यही टाइसुट लगाउन मान्छेको कार्यलय सफा गर्ने हामी जस्ता महिला कामदारलाई सरकारले वेवास्ता गरिरहेको छ,’ उनले भनिन, ‘श्रममा सरकारले समान व्यवहार गर्नुपर्छ । रोजगारीमा समान व्यवहार नुहदाँ हामीजस्ता घरेलु कामदार समाजमा खुलेर आफनो परिचय दिन डराइरहेका छन् ।’

तामाङ र बिक जस्ता गृह महिला श्रमिक आफनो कामको बारेमा खुलेर बोल्न चाहदैन् । घरेलु कामदार भन्दा समाजले हेर्ने दृष्टिकोण फरक हुदाँ उनीहरु आफनो रोजगारीका विषयमा बताउन हिचकिचाउँने गर्दछन् । सवैभन्दा धेरै उपत्यकामा गृह महिला श्रमिक रहेका युनियनले जानकारी दिएको छ । उपत्यकामा करिब ५५ प्रतिशत घरेलु कामदार रहेको युनियनको अनुमान छ । पछिल्लो समय नेपालीको विदेश रोजाई बढेसँगै घरेलु कामदारको संख्या र माग पनि बढदै गएको छ ।

न्याय खोज्न कहाँ जाने

रोजगारीका क्रममा समस्या परेका घरेलु महिला कामदार न्यायका लागि प्रशासनसम्म पुग्दैन । जसका कारण उनीहरुका समस्या बाहिर नआउने गरेको यो क्षेत्रमा काम गदै आएका संघसंस्थाको दाबी छ ।

समस्यामा परेका गृह महिला श्रमिक प्रशासनसम्म पुग्दैन । प्रशासनमा गएपनि घर मालिकका कारण उनीहरुका समस्या प्रशासनले दवाउने गरेको महिलावादी संस्थाको आरोप छ ।

महिलाको आफ्नो पहिचान, शरीरमाथिको अधिकार र श्रमप्रतिको अधिकार स्थापित हुन नसकेसम्म महिला श्रमिकमाथिको विभेद अन्त्य नहुने महिला मानवअधिकार सञ्जालकी अध्यक्ष रेणु अधिकारी बताउँछिन् । नेपालमा महिलाको रोजगारीमा भेदभाव छ । यस्तो भेदभावको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । घरेलु कामदार समस्या परे न्याय खोज्न कहाँ जाने भने प्रश्नको विषय भएको उनको बुझाइ छ ।

आन्तरिक श्रमलाई व्यवस्थापन गदै आएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग पनि घरेलु कामदारका बारेमा बेखर जस्तै छ । यो विभागमा समस्यामा परेका महिला श्रमिक उजुरी गर्ने जादैनन् ।

आन्तरिक श्रम बजारमा काम गर्ने घरेलु कामदारको समस्या नआउने गरेको विभागका प्रवक्ता सुर्यप्रसाद उपाध्यायले बताए। अन्य क्षेत्रका श्रमिकका समस्या आए विभागले तत्काल समाधानका लागि पहल गर्ने गरेको उपाध्यायले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १ : ४८ बजे

तमोरस्थित लुमुघाटमा मोटरेबल पुल पुनर्निर्माण सुरु

तेह्रथुम– तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो

रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

रसुवा– उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ