महोत्सवको नाममा हात्तीमाथिको क्रुरता अन्त्य गर्न पशुअधिकारवादीहरुको आग्रह « Khabarhub

महोत्सवको नाममा हात्तीमाथिको क्रुरता अन्त्य गर्न पशुअधिकारवादीहरुको आग्रह


२६ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा हात्ती महोत्सव नगर्न पशुअधिकारवादीहरुले आग्रह गरेका छन् ।

चितवन महोत्सवका क्रममा हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो “खेल” को लागि माहुतेले जबर्जस्ति अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु प्रयोग गर्ने गरेको भन्दै पशुअधिकारवादी संस्थाहरुले विरोध जनाएका हुन् ।

गत वर्ष आयोजना गरिएको चितवन हात्ती महोत्सवबाट पिपुल फर दि इथिकल ट्रिट्मेण्ट अफ एनिमल्स (पेटा) ले प्राप्त गरेको भिडियो फुटेज मा माहुतेले हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो “खेल” को लागि जबर्जस्ति अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु टाउकोमा र कानजस्तो संवेदनशील अंग पछाडीको भागमा प्रहार गरेको र घोचेको देखाइएको भन्दै उसले आपत्ती जनाएको छ।

दोषी देखिने प्रमाणको प्रतियुत्तरमा लगभग सबै पूर्व प्रायोजकहरुले हात्ती महोत्सवसँग आफ्नो सम्बन्ध तोडेका र धेरैजसो ट्राभल कम्पनीहरुले यस्तो क्रुर कार्यक्रमसँग सम्बन्ध नराख्ने भनेर प्रतिज्ञा गरेका पेटाले दाबी गरेको छ ।

विश्वभरबाट हजारौँ मानिसहरुले यस्तो कार्य बन्द गर्न अनुरोध गरेको उसको भनाइ छ ।

पशुमाथिको क्रुरतालाई वेवास्ता गर्नाले देशको “भ्रमण वर्ष २०२०” अभियान मा कलङ्क लाग्ने काम मात्रै हुन्छ भन्दै पेटा र एनिमल राइट्स क्लब (आर्क) ले चेतावनी दिएका छन् तर, क्षेत्रीय होटल संघ नेपाल – चितवन (महोत्सवका आयोजक) र नवनिर्वाचित अध्यक्ष, दिपक भट्टराईले भने महोत्सव रोक्ने तर्फ कुनै कदम नचालेको पेटाको भनाइ छ ।

“चितवन हात्ती महोत्सव को लागि हात्ती प्रतिको सास्ती बन्द नगरेसम्म पर्यटन मन्त्रालयले ‘भ्रमण वर्ष २०२०’ अभियानलाई जति नै प्रचारप्रसार गरेपनि यसले झनै पर्यटकहरुमा वितृष्णा पैदा गर्ने मात्रै देखिन्छ”, आर्क का सह-संस्थापक सुराजन श्रेष्ठ भन्छन्”विश्वसामु नेपालको अपमान हुन बाट बचाउन, भट्टराईले तत्कालै महोत्सव बन्द गर्नुपर्छ।”

पेटाले “पशुहरु हाम्रो मनोरञ्जनका लागि प्रयोग गर्न होइनन्” भन्ने विचार राख्छ । नेपाली ट्राभल कम्पनी, टाइगर टप्सले अन्तराष्ट्रिय हात्ती पोलो प्रतियोगिता आयोजना गर्न बन्द गरेको र हात्ती सफारी पनि बन्द गरेको टिप्पणी गर्छ ।

गत वर्ष पेटाले थाइल्याण्डमा हुने किंग्स कप हात्ती पोलो प्रतियोगिता मा गरेको अनुसन्धान पश्चात तुरुन्तै उक्त कार्यक्रम बन्द भएको थियो । भारत र श्रीलंकामा पनि हात्ती पोलो प्रतियोगिता खारेज भएको पेटाले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ३ : ३२ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका