विंगरलाई लिभरपुलमा ल्याउने तयारी | Khabarhub Khabarhub

विंगरलाई लिभरपुलमा ल्याउने तयारी


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।

रेडबुल साल्जबर्गका विंगर मिनामिनोलाई जनवरी विन्डो ट्रान्सफरमा क्लब ल्याउने लिभरपुलले तयारी गरेको छ ।

साल्जबर्गका स्पोर्टिङ डिरेक्टर क्रिस्टोफ फ्रयून्डले लिभरपुलसँग छलफल भईरहेको बताएका छन् ।

जापानका विंगर मिनामिनोले यस सिजन २२ खेलमा ९ गोल र ११ असिस्ट गरिसकेका छन् । जसको कारण लिभरपुल मिनामिनोलाई अनुबन्ध गर्न आतुर देखिएको हो ।

२४ वर्षीय मिनामिनोले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको मैदानमा भएको समूह चरणको खेलमा एक गोल गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : ३२ बजे

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिमा ५५ जनाले दिए आवेदन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य

एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न खोज्दा किन विरोध ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति

एमालेले फुकुवा गर्‍यो बिन्दा र उषाकिरणमाथिको ६ महिने कारबाही

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय