अन्तरराष्ट्रिय बोलपत्रमार्फत रासायनिक मल आयात « Khabarhub

अन्तरराष्ट्रिय बोलपत्रमार्फत रासायनिक मल आयात


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गहुँ खेतीलाई लक्षित गरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले तेस्रो मुलुकबाट सुख्खा बन्दरगाहको नाकाबाट हालसम्म ४२ हजार मेट्रिक टन रासायनिक मल ल्याएको छ ।

अन्तरराष्ट्रिय बोलपत्रमार्फत सङ्घीय सरकारबाट ठेक्का लिएका चारवटा आयातकर्ताले तेस्रो मुलुकबाट कोलकता बन्दरगाहबाट रेल मार्ग हुँदै पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाहमा हालसम्म ४२ हजार मेट्रिक टन युरिया र डिएपी मल भित्र्याएपछि पर्सा जिल्लामा गहुँ खेती गर्ने किसानका लागि पर्याप्त मात्रामा सो रासायनिक मल पुग्ने विश्वास प्रदेश प्रबन्धक गोविन्दप्रसाद पराजुलीले बताए ।

सङ्घीय सरकारबाट अन्तरराष्ट्रिय बोलपत्रमार्फत मल आपूर्तिको ठेक्का पाएका सिङ्गापुरस्थित विल्सन इन्टरनेशनल कम्पनी र संयुक्त अरब इमिरेट्सको मल्टी कमोडेटिज कम्पनीले युरिया मलको आपूर्ति गर्ने ठेक्का पाएको छ ।

साठी हजार मेट्रिक टन युरिया मलको ठेक्का पाएका आपूर्तिकर्ताहरुले हालसम्म २५ हजार मेट्रिक टन मल ढुवानी गरिसकेको छ भने आपूर्तिकर्ताले ४५ हजार मेट्रिक टन डिएपी मल ढुवानी गर्ने सम्झौताअनुसार हालसम्म १७ हजार पाँच सय मेट्रिक टन मल नेपाल भित्रिसकेको छ ।

अन्तरराष्ट्रिय बोलपत्रमार्फत डिएपी मल आपूर्ति गर्ने ठेक्का पाएका स्विस सिङ्गापुर कम्पनी र भारतको इन्डियन पोटास कम्पनी लिमिटेड कम्पनीले पनि सुख्खा बन्दरगाहमा मल ल्याउने गरेको बताइएको छ ।

आपूर्तिकर्ताहरुले भारतको कोलकतास्थित बन्दरगाहमा मल ल्याइसकिएको छ भने त्यहाँबाट रेलमार्ग हुँदै वीरगञ्जको सुख्खा बन्दरगाहमा एक महिनाभित्रै सबै मल आइसक्ने सो कार्यालयले जनाएको छ ।

नेपाल सरकारको पुनः स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले आपूर्तिकर्ता यिल्सन इन्टरनेशनल कम्पनीले ल्याउने ३० हजार मेट्रिक टन युरियामध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, भैरहवाका लागि १० हजार मेट्रिक टन र विराटनगरका लागि सात हजार ५०० मेट्रिक टन रासायनिक मल रहेको छ ।

यसैगरी संयुक्त अरब इमिरेट्सको स्विस सिङ्गापुर कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल ल्याउनेछ । जसमध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, भैरहवाका लागि १२ हजार ५०० मेट्रिक टन र विराटनगरका लागि पाँच हजार मेट्रिक टन मल आइसकेको बताइएको छ ।

यसैगरी भारतको इन्डियन पोटास लिमिटेडले २० हजार मेट्रिक टन मल ल्याउने ठेक्का पाएकामा वीरगञ्जका लागि सात हजार पाँच सय मेट्रिक टन भैरहवाका लागि सात हजार ५०० मेट्रिक टन र विराटनगरका लागि पाँच हजार मेट्रिक टन मल रहेको छ ।

मल आयातको ठेक्का पाएका आपूर्तिकर्ताले नेपालभरिका लागि युरिया मल ६० हजार मेट्रिक टन र डिएपी ४५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का पाएको छ । त्यसमध्ये २५ हजार मेट्रिक टन युरिया र १७ हजार ५०० मेट्रिक टन डिएपी मल वीरगञ्जस्थित क्षेत्रीय कार्यालयमा आउनेछन् ।

पर्याप्त मात्रामा रासायनिक मल आउने गरेकाले पर्सा जिल्लामा गहुँ खेती गर्ने किसानलाई आफ्ना डिलरमार्फत सयदेखि १२५ बोरासम्म मल उपलब्ध गराउँदै आएको छ । यसैगरी प्राप्त भएको मल कृषि सामग्री कम्पनी लिमिटेडले मागअनुसार प्रदेश नं १, २, र ३ को जिल्लाहरुमा आपूर्ति गर्दै आएका छन् ।

गहुँ बालीमा युरिया मल छर्ने सिजन शुरु भएको र त्यसका लागि हालसम्म मल पर्याप्त मात्रामा रहेको बताउँदै सो कार्यालयका प्रदेश प्रबन्धक पराजुलीले भने, “सधैँभरि आइरहेको मललाई बिक्री प्रवद्र्धनमा जोड दिएकाले मल गोदाममा थन्किने अवस्था आउनेछैन । गहुँको याम शुरु भएसँगै पर्साका किसानले डिएपी मलको माग बढी गरेकाले आउँदो केही दिनमै मलको माग ठप्प भए पनि मल आउने क्रम भने रोकिनेछैन ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ११ : ४३ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा