अमेरिकाको डालासमा बाजेको सेकुवाको शाखा सञ्चालन « Khabarhub

अमेरिकाको डालासमा बाजेको सेकुवाको शाखा सञ्चालन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकप्रिय रेष्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १४ औं शाखा अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सञ्चालनमा आएको छ । नेपाली गायक शिव परियारको सांगीतिक कार्यक्रमबीच शुक्रबार नयाँ शाखाको समुद्घाटन गरिएको हो।

टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली मौलिक स्वाद मन पराउने विदेशीलाई लक्षित गर्दै शाखा विस्तार गरिएको बाजेको सेकुवाका अप्रेशन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए।

अप्रेशन प्रमुख तिमल्सिनाका अनुसार बाजेको सेकुवाले अमेरिकामा आफ्नो ट्रेडमार्क दर्ता गराई लाइसेन्स मोडेलमा उक्त शाखा सञ्चालनमा ल्याइएको हो ।

नयाँ शाखामा नेपाली र विदेशी गरी कम्तिमा २५ जनाले रोजगारी पाएका छन्। यसअघि अमेरिकाको न्यूयोर्कमा लाइसेन्स मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। डालास लगत्तै अष्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तारको प्रक्रिया अगाडि बढिसकेको तिमल्सिनाले बताए ।

नेपालमा नेपालगञ्ज, विराटनगर र चितवनको मुग्लिनमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको छ। भर्खरै भक्तपुरको गठ्ठाघर र ललितपूरको कुमारीपाटीमा पनि बाजेको सेकुवाका शाखाहरु सञ्चालनमा आएका छन् ।

काठमाडौंको सिनामंगलबाट चार दशकअघि सुरु भएको बाजेको सेकुवा रेष्टुरेन्ट अन्तर्गत उपत्यका बाहिर तीन, अमेरिकामा दुईसहित १४ वटा रेष्टुरेन्ट सञ्चालनमा छन् ।

विदेशमा पनि शाखा विस्तार गर्दै नेपाली मौलिक स्वादका माध्यमले नेपाललाई विश्वसामू चिनाउने कम्पनीको लक्ष्य रहेको अप्रेशन प्रमुख तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : ०३ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष