कपनबाट काभ्रे पुगेका रोहिंग्यालाई हट्न हप्ता दिनको म्याद | Khabarhub Khabarhub

कपनबाट काभ्रे पुगेका रोहिंग्यालाई हट्न हप्ता दिनको म्याद


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा बसेका रोहिङ्यालाई हट्न सात दिनको म्याद दिइएको छ ।

अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका हुन् ।

गत मंसिर १० गते कुशादेवी पुगेका २३ को परिवारका लागि छुट्टाछुट्टै टहरा बनाए पनि जग्गाधनी सत्यराम थापाले उनीहरुलाई सात दिनको अल्टिमेटम दिँदै हट्न निर्देशन दिएका हुन् ।

त्रिवीका एक प्राध्यापकमार्फत रोहिंग्याहरु सत्यरामको सम्पर्कमा पुगेका थिए। उनको खाली रहेको जग्गा भाडामा लिएर उनीहरुले बस्न अनुमति पाएका भए पनि जग्गाधीनले उनीहरु रोहिङ्या भएको र उनीहरुलाई नेपालमा बसेर काम गर्न नपाउने थाहा पाएपचि जग्गा खाली गर्न निर्देशन दिइएको सत्यरामको भनाई उद्धत गर्दै उनका भतिजा रामेश्वर थापाले बताए ।

रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए।

नेपालले शरणार्थी मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (एनएचसीआर)बाट शरणार्थी प्रमाणित उनीहरु काम नपाउने भएपछि अप्ठ्यारोमा परेको उनले बताए ।

कपनको लसुनटारबाट सरेर उनीहरु कुशादेवी पुगेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : ३८ बजे

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक