हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित | Khabarhub Khabarhub

हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– शुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाभर वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङचुङगोला, घुन्सा, याङ्मा, ग्याब्ला, फले, लेलेपलगायतका स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।

“बाहिर एक फिटभन्दा बढी हिउँ जमिसकेको छ, अझै हिउँ पर्ने क्रम रोकिएको छैन, चिसोले घर बाहिर निस्कन सकिएको छैन”, घुन्साबाट टाँसी तेन्जिङ शेर्पाले भने ।

उत्तरी क्षेत्रका करीब तीन हजार मिटरभन्दा माथिका हिमाली भेगमा लगातार हिमपात भइरहेको छ । “हामी त जाडो थेग्न सक्छौँ, बूढाबूढी र बच्चाबच्चीलाई चिसोले सताउने हो, अत्यधिक चिसोले घर बाहिर निस्कन सकिएको छैन, पशुचौपायको स्याहार गर्न पनि गाह्रो छ, घरभित्रै आगो तापेर चिसो कटाइरहेका छौँ”, ओलाङचुङगोलाकी यमुना सिवाले भने ।

लामो समयपछि भएको वर्षाले किसानलाई फाइदा भए पनि वर्षासहितको हिमपातले चिसो बढेपछि भने समस्या भएको स्थानीयवासीले बताएका छन् । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा हिजोदेखि नै बाक्लो हिमपात भइरहेको छ ।

सो क्षेत्रमा दुई फिट बढी हिउँ जमेको स्थानीयवासी होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिए । “हिजोदेखि नै बाक्लो हिउँ परिरहेको छ, झण्डै दुई फिट हिउँ जमिसक्यो, फाट्टफुट्ट मानिस मन्दिर जानेआउने गरिरहेका छन्”, भट्टराईले भने ।

जिल्लाको सदरमुकाम फुङलिङमा समेत निकै चिसो बढेको छ । यम्फुदिन, कालिखोला, पापुङलगायतका क्षेत्रमा चिसो बढेको स्थानीयवासीले बताएका छन् । ताप्लेजुङमा आज बिहानको तापक्रम ४.६ डिग्री सेल्सियस रहेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै ताप्लेजुङमा ३६ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १० : ५९ बजे

समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा

काठमाडौं – नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप

देशभर ५९ प्रतिशत रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौं– देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ

कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको सहमति कागजमै सीमित

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस

पानी नपर्दा सुक्यो धानको रोपो

सुनसरी– समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास