पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात (फोटोफिचर) « Khabarhub

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात (फोटोफिचर)


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिमपातले कसैलाई खुसी दिएको छ भने धेरै ठाउँको जनजीवन प्रभावित भएको छ ।

विभागका अनुसार देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो ।

मौसमविद्का अनुसार यो क्रम आज बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ । विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू–भाग र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको जनाएको छ ।

हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।

इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ ।
सन्दकपुरमा परेको हिउँ ।
सन्दकपुरमा परेको हिउँ ।
मुस्ताङको सदरमुकाम जोमसोम बजारमा परेको हिमपात ।
जोमसोम बजारमा परेको हिमपात ।
जाजरकोटको कुशे गाउँपालिकामा भारी हिमपात ।
डोल्पाको ठूलिभेरी नगरपालिकाअन्तर्गत पर्ने लक्ष्मी माध्यामिक विद्यालय थरगाउँ ।
बाजुराको बडीमालिका नगरपालिका ८ डुँग्रीमा परेको हिमपातको दृश्य ।

ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ ।
ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १ : १७ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको