पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात (फोटोफिचर) « Khabarhub

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात (फोटोफिचर)


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिमपातले कसैलाई खुसी दिएको छ भने धेरै ठाउँको जनजीवन प्रभावित भएको छ ।

विभागका अनुसार देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो ।

मौसमविद्का अनुसार यो क्रम आज बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ । विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू–भाग र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको जनाएको छ ।

हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।

इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ ।
सन्दकपुरमा परेको हिउँ ।
सन्दकपुरमा परेको हिउँ ।
मुस्ताङको सदरमुकाम जोमसोम बजारमा परेको हिमपात ।
जोमसोम बजारमा परेको हिमपात ।
जाजरकोटको कुशे गाउँपालिकामा भारी हिमपात ।
डोल्पाको ठूलिभेरी नगरपालिकाअन्तर्गत पर्ने लक्ष्मी माध्यामिक विद्यालय थरगाउँ ।
बाजुराको बडीमालिका नगरपालिका ८ डुँग्रीमा परेको हिमपातको दृश्य ।

ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ ।
ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १ : १७ बजे

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न