उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल « Khabarhub

उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे ।

जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

नेता नेपालले सीमा विवादलाई अन्तरराष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नु मात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  २ : २७ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका