नेकपा उपत्यका विशेष कमिटीको नाम टुंगियो : एमालेका ८५, माओवादीबाट ६६ परे « Khabarhub

नेकपा उपत्यका विशेष कमिटीको नाम टुंगियो : एमालेका ८५, माओवादीबाट ६६ परे


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ ।

पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको छ ।

सूची बुझाउँदै उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष राजन भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेकपा उपत्यका विशेष प्रदेश कमिटी गठनका लागि पार्टी केन्द्रले दिएको जिम्मेवारी बमोजिम इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट सर्वसम्मत तयार गरिएको हो।’

भट्टराईले साबिक एमालेका तर्फबाट ८५ र साबिक मओवादीका तर्फबाट ६६ गरि जम्मा १५१ सदस्यीय कमिटीको नामवाली आज पार्टी महासचिव विष्णु पौडेललाई केन्द्रीय कर्यालयमा हस्तान्तरण गरिएको बता ए।

उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल छन् भने सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ४ : १६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको