अत्यन्त राम्री भएपनि यस्ती स्त्रीसँग नगर्नुहोस् विहे « Khabarhub

अत्यन्त राम्री भएपनि यस्ती स्त्रीसँग नगर्नुहोस् विहे


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चाणक्य वा कौटिल्य लगभग इसा पूर्व ३७०–२८३ को समयमा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । तक्षशिलाका आचार्य, दार्शनिक थिए चाणक्य ।

उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए ।

अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ । मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो ।

विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ।

बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ। उनै चाणक्यको भनाइहरुलाई अवलम्बन गर्ने हो भने जीवनमा आइपर्ने धेरै समस्याहरुबाट बच्न सकिन्छ ।

जसमध्ये केहीलाई हामीले यहाँ उल्लेख गरेका छौं

अधीत्येदं (अधीत्येवं) यथाशास्त्रं नरो जानाति सत्तमः।

धर्मोपदेशविख्यातं कार्याऽकार्यं शुभाशुभम् ।।२।।

जुन मानिसले यस नीतिशास्त्रलाई विधिपूर्वक पढेर धर्मशास्त्रहरुमा बताइएको शिक्षासँग सम्बन्धित प्रसिद्ध कर्तव्या–कर्तव्य (गर्न हुने र नहुने) तथा शुभाशुभ (राम्रो र नराम्रो) कर्मलाई राम्रोसँग जान्दछ त्यो धेरै उत्तम हुन्छ ।।२।।

तदहं सम्प्रवक्ष्यामि लोकानां हितकाम्यया।

येन विज्ञान मात्रेण सर्वज्ञत्वं प्रपद्यते ।।३।।

संसारको कल्याणका लागि म त्यो कुरा भन्दछु, जसलाई राम्रोसँग जने मात्र पनि सम्पूर्ण ज्ञान प्राप्त हुन्छ ।।३।।

मूर्खशिष्योपदेशेन दुष्टास्त्रीभरणेन च।

दुःखितैः सम्प्रयोगेण पण्डितोऽप्यवसीदति ।।४।।

मूर्ख शिष्यलाई उपदेश दिनाले, दुष्ट स्त्रीलाई पालन–पोषण–भरण गर्नाले र दुःखीहरुका साथ व्यवहार गर्नाले अर्थात् दुःखीहरुलाई काममा प्रयोग गर्नाले बुद्धिमान् (पण्डित) ले पनि दुःख पाउँदछ ।।४।।

माता यस्य गृहे नास्ति भार्या चाप्रियवादिनी।

अरण्यं तेन गन्तव्यं यथारण्यं तथा गृहम् ।।५।।

जसको घरमा आमा हुनुहुन्न, त्यसैगरी जसकी श्रीमती रुखो बोली र छुच्चो स्वभावकी छे । त्यो घर नभएर जंगल समानै हो । त्यस्तो मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ ।।५।।

दुष्टा भार्या शठं मित्रं भृत्यश्चोत्तरदायकः।

ससर्पे च गृहे वासो मृत्युरेव न संशयः ।।६।।

दुष्ट स्वभाव भएकी आफ्नी स्त्री, मूर्ख मित्र, मालिकसँग मुखमुखै लाग्ने सेवक र सर्प भएको घरमा वास यी सबै मृत्यु समान हुन्छन् । यिनमा कुनै सन्देह छैन ।।६।।

आपदर्थे धनं रक्षेद्दारान् रक्षेद् धनैरपि।

आत्मानं सततं रक्षेद्दारैरपि धनैरपि ।।७।।

आपत्–विपद्का लागि धनको रक्षा गरोस्, धनले स्त्रीको रक्षा गरोस् । स्त्री र धनले सधैँ आफ्नो रक्षा गरोस् । अर्थात् सबैतिरबाट आपत्ति आइलागेको अवस्थामा दुवैको सहायताले आफ्नो रक्षा गरोस् ।।७।।

आपदर्थे धनं रक्षेच्छ्रीमतां कुतः किमापदः।

कदाचिच्चलिता लक्ष्मी संचिताऽपि विनश्यति ।।८।।

आपत्–विपद्का लागि धनको रक्षा गरोस् किनकि धनीलाई कहाँबाट आपत्ति आउँछ र ? यदि कुनै दिन लक्ष्मीले बास छोडिन् भने संग्रह गरेर राखिएको धन पनि विनाश भएर जान्छ ।।८।।

यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः।

न च विद्यागमोऽप्यस्ति वासस्तत्र न कारयेत् ।।९।।

जुन ठाउँमा अथवा देशमा मान–सम्मान, जीविकोपार्जनको कुनै माध्यम, परिवारजन (इष्टमित्र) र विद्याप्राप्तिको कुनै अवसर नै छैन भने त्यस्तो स्थानमा बस्नु उपयुक्त हुँदैन ।।९।।

धनिकः श्रोत्रियो राजा नदी वैद्यस्तु पञ्चमः।

पञ्च यत्र न विद्यन्ते न तत्र दिवसे वसेत ।।१०।।

धनवान् व्यक्ति, ब्रह्मनिष्ठ ब्राह्मण, राजा, नदी र वैद्य यी पाँच जहाँ हुँदैनन् अथवा छैनन् त्यहाँ एक दिन पनि नबसोस् ।।१०।।

लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता।

पञ्च यत्र न विद्यन्ते न कुर्यात्तत्र संगतिम् ।।११।।

जीविकोपार्जन, कुनै पनि प्रकारको डर नभएको, लाज, दया, दान गर्ने प्रवृत्ति अर्थात् त्यागी भावना यी पाँच मानवमा हुनुपर्ने गुण हुन् । यी पाँच गुण जसमा छैनन् त्यस्ताको संगत कहिल्यै नगर्नू ।।११।।

जानीयात्प्रेषणे भृत्यान् बान्धवान् व्यसनागमे ।

मित्रं याऽपत्तिकालेषु भार्या च विभवक्षये ।।१२।।

घर पठाउँदा– आफ्नो सेवकलाई, संकटको अवस्थामा– आफन्तहरुलाई, आपद्–विपद्मा– मित्रलाई र धन नभएको अवस्थामा– स्त्रीलाई चिन्नुपर्दछ । अर्थात् माथि बताईएका अवस्थाहरुमा तिनीहरुको राम्रोसँग ज्ञान हुन्छ ।।१२।।

आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रुसंकटे।

राजद्वारे श्मशाने च यः त्तिष्ठति स बान्धवः ।।१३।।

बिरामी हुँदा, दुःख–संकट पर्दा, अनिकालको अवस्थामा, शत्रुको डर हुँदा, राजाको नजीक हुँदा र स्मशानघाटमा समेत जो साथै रहन्छ, त्यो मित्र हो । बन्धु–बान्धव, इष्टमित्र जे भने पनि त्यही नै हो ।।१३।।

यो ध्रुवाणि परित्यज्य ह्यध्रुवं परिसेवते।

ध्रुवाणि तस्य नश्यन्ति चाध्रुवं नष्टमेव तत् ।।१४।।

जसले निश्चित अथवा शाश्वत् सत्य अथवा प्राप्त कुरालाई छाडेर अनिश्चित–असत्य–अप्राप्त वस्तुहरुको साधना गर्दछ अर्थात् ती वस्तु प्राप्तीको चेष्टा गर्दछ भने त्यस्ता व्यक्तिहरुको अनिश्चित वस्तुहरु त नाश हुन्छन् नै निश्चित कुराहरु पनि नष्ट हुन्छन् ।।१४।।

वरयेत्कुलजां प्राज्ञो निरूपामपि कन्यकाम्।

रूपवतीं न नीचस्य विवाहः सदृशे कुले ।।१५।।

कुरुपा नै किन नहोस् बुद्धिमान् मानिसले राम्रो कुलकी स्त्रीलाई नै रोज्नु पर्दछ । अत्यन्त राम्री भएता पनि नराम्रो कुलकी स्त्री कदापि विवाह नगरोस् । किनकि समान कुलमा मात्र विवाह गर्नु उत्तम मानिन्छ ।।१५।।

नखीनां च नदीनां च शृङ्गीणां शस्त्रपाणिनाम्।

विश्वासो नैव कर्तव्यः स्त्रीषु राजकालेषु च ।।१६।।

विषबाट भए पनि अमृतलाई, अपवित्र वस्तुहरुबाट भए पनि सूनलाई, नीच मनुष्यहरुबाट भए पनि उत्तम विद्यालाई र यदि दुष्ट कुलबाट भए पनि रत्नरुपी स्त्रीलाई लिनुपर्दछ ।।१६।।

विषादप्यमृतं ग्राह्यममेध्यादपि काञ्चनम्।

नीचादप्यत्तमां विद्यां स्त्रीरत्नं दुष्कुलादपि ।।१७।।

नदीहरुको, नंग र सिंग भएकाहरुको, हतियारधारीहरुको, स्त्रीहरुको र राजकुलको कहिल्यै विश्वास गर्नु हुँदैन ।।१७।।

स्त्रीणां द्विगुण अहारो लज्जा चापि चतुर्गुणा।

साहसं षड्गुणं चैव कामश्चाष्टगुणः स्मृतः ।।१८।।

पुरुषहरुको तुलनामा स्त्रीहरुको भोजन दुईगुना, लाज चारगुना, साहस छ गुना, काम–वासना आठगुना बढी हुन्छ ।।१८।।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ५ : ०८ बजे

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न