राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी दिनु पर्छ–नेता सिंह « Khabarhub

राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी दिनु पर्छ–नेता सिंह


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी दिनु पर्ने बताएका छन् ।

कराँते महासंघ ललितपुरले सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई शनिबार नगद र प्रमाणपत्रसहित सम्मान गरेको कार्यक्रममा नेता सिंहले खेलाडीलाई सरकारले रोजगारी दिनु पर्ने बताएका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकको सम्मानमा आयोजित कार्यक्रममा नेता सिंहले खेलाडीलाई जीवनयापनका लागि सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्ने बताएका हुन् ।

खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्नसकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने सिहके भनाई छ । सिंहलेसरकारलाई त्यसका लागि योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिए ।

सरकारले खेलाडीको मनोबल उच्च बनाउन गरेका प्रयत्न राम्रा भए पनियथेष्ट नभएका सिंहको भनाइ थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ५ : ५० बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल