कांग्रेस केन्द्रीय कार्यसमितको बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितको बैठक बस्दै


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितको बैठक आज बस्दैछ । यसअघि बिहीबार रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले बहिस्कार गरेपछि आजका लागि बैठक सारिएको हो ।

नेता पौडेल असन्तुष्ट भएपछि सहमतिमा ल्याउन सभापति देउवाले छलफल गरेका थिए । सभापति देउवा हिजो बिहान नेता पौडेल निवास पुगेर सहमतिका लागि तयार रहेको बताएका थिए ।

उनले पौडेल पक्षको माग अनुसार नै अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । पार्टी सभापति शेरबहादुर देउवालाघई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय महत्वपूर्ण नभएको बताएका थिए ।

बैठकमा दुवै नेताहरुले समस्या समाधानका लागि सहमति खोज्न दोस्रो तहका नेतालाई जिम्मा लगाएका थिए ।

हिजो साँझ पौडेल पक्षका नेता प्रकाशमान सिंह र देउवा पक्षका विमेन्द्र नीधिको नेतृत्वमा सिंह निवास चाक्सिबारीमा छलफलसमेत भएको र छलफल सकारात्मक भएको जनाइएको थियो ।

पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति नहुँदा कांग्रेसमा बढ्दै गएको विवाद सतहमा आएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : ३५ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको