एसियाली फुटबलको ‘नयाँ शक्ति’ कतार, विश्वकप आयोजक देशलाई सफलता « Khabarhub

एसियाली फुटबलको ‘नयाँ शक्ति’ कतार, विश्वकप आयोजक देशलाई सफलता


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०२२ को विश्व फुटबल आयोजनाको जिम्मा पाएको खाडी मुलुक कतारले एसिया कपको उपाधि उचाल्दै सुखद् सुरुआत गरेको छ ।

शुक्रबार जायद स्पोर्टस् सिटी रंगशालामा कतारले चार पटक उपाधि उचालेको जापानलाई ३—१ गोल अन्तरले पराजित गर्दै आफूलाई एसियाली फुटबलको ‘नयाँ शक्ति’का रुपमा स्थापित गर्न सफल भएको छ ।

एसियाली फुटबलको पावर हाउसका रुपमा पहिचान बनाएको जापानमाथि जित निकाल्दै आफूलाई उदयीमान शक्तिका रुपमा चिनाउन सफल कतारका लागि फरवार्ड अल्मोइज अली एसिया कपमा सर्वाधिक गोल बनाउने खेलाडीको किर्तिमानी पनि बनाएका छन् ।

दुवईमा आयोजना भएको एसिया कपमा ९ गोल गरेका उनले फाइनल खेलमा पनि जापानविरुद्ध सुरुवाती १२ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

एसिया कपको फाइनलमा पहिलो पटक पुगेको कतारले सेमिफाइनलमा आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्र्ध ४—० को शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

अब्दुलाजिज हातेमले २७ औं मिनेटमा गोल गर्दै कतारलाई पहिलो हाफमा सहज अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा जापानका लागि तकुमी मिनामिनोले गोल गरेपनि टिमलाई जित दिलाउन भने असफल रहे ।

८२ औं मिनेटमा जापानका कप्तान मया योसोदीले ह्यान्ड गरेपछि कतारका अक्रम हसन अफिफले पेनाल्टी प्रहार गरेका थिए । उनले गोलकिपरको दाँया छेउबाट बललाई पोष्ट चुमाएका थिए ।

पाँचौ पटक जित निकाल्दै एसिया कपमा आफ्नो किर्तिमानी बनाउने जापानको लक्ष्यमाथि कतारले बिराम लगाइदिएको छ ।

जापानले एसिया कपको पहिलो उपाधि सन् १९९२ मा उचालेको थियो । दोस्रो र तेस्रो पटक २००० र २००४ मा लगातार च्याम्पियन बनेको जापानले २०११ मा पनि उपाधी जितेको थियो । पाँचौं पटक जित हात पार्ने दाउमा रहेको एसियाली पावर हाउस जापानलाई कतारले रोकेको छ ।

एएफसीका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खलीफाले बधाई दिँदै कतारको सफलताले एसियाका अन्य टिमहरुलाई पनि उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : ४० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा