पीपीएलको दोस्रो संस्करणमा पोखराको शानदार सुरुवात « Khabarhub

पीपीएलको दोस्रो संस्करणमा पोखराको शानदार सुरुवात


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले काठमाडौं गोल्डेन्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।

काठमाडौं गोल्डेन्सले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको पोखराले १४.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरले कप्तानी गरेको पोखराका लागि कुसल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङ ब्याटिङमा आएका उनले नटआउट रहँदै ६५ रन बनाए । उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । यस्तै, पोखराका लागि रविइन्दर सिंहले ३८ रन बनाए भने आरिफ शेखले १४ रन बनाएका थिए ।

पोखराविरुद्ध ज्ञानेन्द्र मल्लको टोली काठमाडौं बलर कमजोर देखिए । जसमा काठमाडौंका सुशान भारीले एक विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १सय१५ रन मात्रै बनाएको थियो ।

काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन बनाए । उनले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यस्तै काठमाडौंका लागि गौरव तोमरले १३ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो गर्न सकेनन् ।

काठमाडौंविरुद्ध पोखराका कुसल मल्ल, राशिद खान र ललित नारायण राजवंशीले समान दुई–दुई विकेट लिएका थिए भने प्रथमेस डेक र शरवजित लड्डावले समान एक–एक विकेत लिए । पहिलो खेलमा जीत हात पारेको पोखराले २ अंक जोडेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : २८ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र