पीपीएलको दोस्रो संस्करणमा पोखराको शानदार सुरुवात « Khabarhub

पीपीएलको दोस्रो संस्करणमा पोखराको शानदार सुरुवात


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले काठमाडौं गोल्डेन्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।

काठमाडौं गोल्डेन्सले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको पोखराले १४.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरले कप्तानी गरेको पोखराका लागि कुसल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङ ब्याटिङमा आएका उनले नटआउट रहँदै ६५ रन बनाए । उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । यस्तै, पोखराका लागि रविइन्दर सिंहले ३८ रन बनाए भने आरिफ शेखले १४ रन बनाएका थिए ।

पोखराविरुद्ध ज्ञानेन्द्र मल्लको टोली काठमाडौं बलर कमजोर देखिए । जसमा काठमाडौंका सुशान भारीले एक विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १सय१५ रन मात्रै बनाएको थियो ।

काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन बनाए । उनले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यस्तै काठमाडौंका लागि गौरव तोमरले १३ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो गर्न सकेनन् ।

काठमाडौंविरुद्ध पोखराका कुसल मल्ल, राशिद खान र ललित नारायण राजवंशीले समान दुई–दुई विकेट लिएका थिए भने प्रथमेस डेक र शरवजित लड्डावले समान एक–एक विकेत लिए । पहिलो खेलमा जीत हात पारेको पोखराले २ अंक जोडेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : २८ बजे

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति