प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलः उद्घाटन खेलमा आर्मीको शानदार शुरुवात « Khabarhub

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलः उद्घाटन खेलमा आर्मीको शानदार शुरुवात


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले शानदार शुरुवात गरेको छ ।

सैनिक मुख्यालयको मैदानमा भएको उद्घाटन खेलमा आर्मीले प्रदेश १ विरुद्ध ९–० गोल अन्तरको शानदार जित हासिल गरेको हो ।

खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा आर्मीकी शर्मिला थापा मगर भइन् । उनलाई प्रधानसेनापति थापाले पुरस्कार प्रदान गरे । प्रतियोगिता पौष ०९ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघको सहकार्यमा ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आइतबारबाट शुरु भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा विशेष समारोहबीच प्रतियोगिताको शुरुवात गरेका हुन् ।

महिला फुटबल प्रतियोगितामा (प्रदेश नं. १, २ र ५) का तीन टीम, विभागीय (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र ए.पी.एफ.) का तीन टिम र छिमेकी राष्ट्र (भारतको सिक्किम र भुटान) का २ टिम गरी ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितको विजेता टोलीले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरी सेमीफाइनलमा पुग्ने २ टिमले ५०–५० हजार नगद हात पार्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर(१ तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले नगद पुरस्कार १० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ६ : ४१ बजे

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका

ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरिएको छ ।