मापदण्ड पूरा नगर्ने ८ उद्योगमाथि कारवाही « Khabarhub

मापदण्ड पूरा नगर्ने ८ उद्योगमाथि कारवाही


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ ।

खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले मापदण्ड पालना नगर्ने ती उद्योग उपर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई दोषी प्रमाणित गरेमा जनही रु ५० हजार र पाँच वर्षसम्म जेल सजाय हुने जानकारी दिइन् ।

यसवर्ष विभिन्न खाद्यान्नको ९२५ नमूना सङ्कलन भएकोमा ४६४ नमूनाहरुको परीक्षण प्रतिवेदनअनुसार ६१ उद्योगले मापदण्ड पूरा नगरेको, २९ दूषित रहेको, २४ न्यून गुणस्तर तथा ८ खाद्य ऐन नियमको प्रावधानअनुसार नपाइएकाले उनीहरुलाई कारवाही गर्न प्रक्रिया अगाडि बढाइएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : २५ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन