राजपाले तदर्थ समितिको म्याद पुस १५ सम्म थप्यो « Khabarhub

राजपाले तदर्थ समितिको म्याद पुस १५ सम्म थप्यो


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ ।

राजपाको अध्यक्ष मण्डलको आज पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गठन गर्न आगामी पुस १५ गतेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ ।

राजपाले यसअघि यही मङ्सिर १५ गते सममको म्याद दिएकामा सबै जिल्लामा अझै कार्य सम्पन्न नभएकाले उक्त कार्यको लागि समयावधि थपेको हो ।

साथै यही मङ्सिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकको बैठक हाललाई स्थागित गर्ने निर्णयसमेत गरिएको राजपाले विज्ञप्तिमार्फत जनाएको छ । राजपाले तदर्थ समितिलाई जिल्ला अधिवेशनकै रुपमा लिएको छ । पार्टीको एकता महाधिवेशनको मिति भने अझै निश्चित भएको छैन । राजपाले छिट्टै महाधिवेशनको मिति घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : ४५ बजे

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले