सामूहिक बहसमा मन्त्री भट्टराईसहित थापा र मिश्रले के भने ? | Khabarhub Khabarhub

सामूहिक बहसमा मन्त्री भट्टराईसहित थापा र मिश्रले के भने ?


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-पोखरा जारी आठौँ संस्करणको आईएमई साहित्य महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री एवंं काँग्रेस नेता गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आज सामूहिक बहस गरेका छन् ।

महोत्सवअन्तर्गतको ‘अबको नेतृत्व कस्तोे’ शीर्षकको सत्रमा समसामयिक राजनीति, राज्य र दलहरूका अवस्थाका विषयमा थियो भने सहभागीले यिनै विषयमा आधारित भई जिज्ञाशा राखेका थिए । सहभागीका प्रश्नको जवाफका साथै बहसकै क्रममा भट्टराई, थापा र मिश्रबीच एक आपासमा सवाल जवाफ पनि भएका थिए ।

कार्यक्रममा मन्त्री भट्टराईले नेतृत्व प्रक्रियाबाट जन्मिने बताउँदै यो कुनै जोखाना हेरेर नजन्मने उल्लेख गरे । कालापानी, लिपुलेकलगायत सीमा मिचिएको बारेमा सहभागीले सोधेका प्रश्नको जवाफमा मन्त्री भट्टराईले यसको समाधानमा सबै दल एकमत रहेको बताए ।

राष्ट्रियताको विषयमा सरकारले कूटनीतिक तबरले वार्ता गरेर समाधान गर्ने उनको भनाइ थियो । बोलेर नभई काम गरेर जवाफ दिनुपर्ने अवस्था आएको चर्चा गर्दै उनले ‘पारदर्शी भएर काम गर्छौँ कि गदैनौँ, त्यसको प्रतीक्षा गर्नुहोस्’ भने ।

आशा गरिएका युवा नेता पनि पुरानै नेतासँग किन एकाकार भइरहेका छन् भन्ने सहभागीको जिज्ञासामा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता थापाले पुराना सबै खराबै खराब र नयाँ सबै राम्रो भन्न नमिल्ने स्पष्ट पारे ।

सामाजिक आन्दोलनबाट आएका मान्छेलाई पनि पार्टीमा लाने, प्रशिक्षित गर्ने र भोलि नेतृत्व गर्ने बनाउनुपर्ने उल्लेख गर्दै उनले आफ्नै दलभित्र पनि गरिने हस्तक्षेप आवश्यकताअनुसार हुने बताए । नेता आफ्नै संघर्षले जन्मने उल्लेख गर्दै थापाले संघर्ष र एजेण्डाबाटै नेता स्थापित हुने धारणा राखेका थिए ।

२०७४ को चुनावमा एकीकरण भएर चुनावमा होमिएका साझा र विवेकशीलको फुटका सम्बन्धमा सहभागीको जिज्ञासामा साझा पार्टीका संयोजक मिश्रले फुटले आफूहरूलाई ठेस लागे पनि यसबाट शिक्षा लिएर अघि बढेको बताए ।

राजनीतिक प्रणालीमा नभई कार्यशैलीमा आपत्ति उल्लेख गर्दै उनले भने, “अहिले राजनीतिक नेतृत्वको एक वर्गले यसरी सम्बन्ध जोडेको छ, त्यो सम्बन्धको डोरी चुडियो भने व्यवसाय गर्न सक्दैन, सामान्य नागरिकले त्यो राजनीतिक दलसँग जोडिएन भने वृत्ति विकास नै हुँदैन भन्ने ठान्छ ।”

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ०९ बजे

नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अब अन्तिम १५ मिनेटको

गगनप्रति कांग्रेस प्रवक्ताको आक्रोश : अभिभावकमाथि आक्रमण हुँदा उपचार पनि पर्खन नसक्ने ?

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी महामन्त्री

काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको माछापोखरी नजिकै बस दुर्घटना हुँदा २० जना घाइते

जङ्गली हात्ती गाउँ पसेपछि रातभर जाग्राम

कञ्चनपुर– रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा

खोइ, गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्

रामेछाप – रामेछापको अधिकांश गाउँमा मानिस बस्न छाडेपछि यहाँका बस्ती