शोकमा डुब्यो सिन्धुपाल्चोक, दुर्घटनाले दिएको दर्दनाक पीडा | Khabarhub Khabarhub

शोकमा डुब्यो सिन्धुपाल्चोक, दुर्घटनाले दिएको दर्दनाक पीडा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– दोलखाको कालिञ्चोक गएर भक्तपुर फर्किदै गरेको बस आइतबार बिहान लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

१२ याुत्रको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा सिन्धु सदाबहादर अस्पताल खाडीचौरमा मृत्यु भएको हो ।

दुर्घटनामा एकै परिवारका धेरैले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ याङलाकोटका शंकर तामाङ केही वर्षदेखि परिवारकासहित भक्तपुरको आदर्श क्षेत्रमा बस्दै आएका थिए ।

श्रीमती र दुई छोरी लिएर कालिञ्चोक तीर्थयात्रबाट फर्किदिै गर्दा भएको बस दुर्घटनामा श्रीमती र दुई छोरीलाई शंकरले गुमाए ।

दुर्घटनामा श्रमीती रश्मा तामाङ, १५ महिनाकी छोरी रोशनी तामाङ र ५ वर्षीया छोरी सबिना तामाङको घटनास्थलमै मृत्यु भयो । शंकरको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा काभ्रे बेथानचोकका रामशरण खत्री र मैया खत्रीको पनि सोही दुर्घटनामा मृत्यु भयो । शनिबार भएकाले सबै आफन्त र परिवारसहित कालिञ्चोक गएको घाइते दोर्ज तामाङले जनाए ।

तामाङको परिबारका मात्रै आठ जना कालिञ्चोक गएको र सबैको अवस्था अहिले थाहा नभएको उनले बताए । ‘मेरो परिबारका धेरै थिए, को कता छन् ? कस्तो अवस्थामा छन् ? थाहै छैन’, तामाङले रुँदै भने ।

पत्ता भाँचिएको गाडी जबर्जस्ती चलाउँदा दुर्घटना भएको हुन सक्ने जनाइएको छ । दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ का २८ वर्षीय सुकबहादुर तामाङ, पाँच वर्षीया बालिका सविना तामाङ, १५ वषीया रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ लगायत छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : ४५ बजे

एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस्

काठमाडौं- नेकपा (एमाले) कै एकजना सांसदले संघीय मामिला तथा सामान्य

बिपी प्रतिष्ठानसँग बीमा बोर्डले सम्झौता नवीकरण गरेन, १ लाख ७८ हजार बिमित प्रभावित हुने

सुनसरी– स्वास्थ्य बीमा बोर्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता

बजेटबारे प्रचण्डको प्रश्न- जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा  नो कम्प्रोमाइज’

प्रचण्डले प्रधानमन्त्रीलाई सोधे- ३०० दिनमा कहाँ जोडियो फ्लडलाइड र प्याराफिट ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल