बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस् « Khabarhub

बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस्


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने लत कसरी छुटाउने भन्ने हुन्छ ।

किनकी अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् ।

अझ कतिपय अभिमावक त आफै बच्चालाई मोबाइल दिएर भुलाउएर काम गर्ने गर्दछन् । तर चिकित्सकहरु भने दैनिक ५ घण्टाभन्दा बढी समय मोवाइलमा बिताउने बच्चाहरुमा रोगको खतरा हुने चेतावनी दिन्छन् । अझ ९ देखि १० वर्षका बच्चाले अत्याधिक मात्रामा मोवाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्रमा समस्या देखा पार्ने बताउँछन् ।

चिकित्सकका अनुसार मोवाइलको स्क्रिनमा धेरै समय बिताउने बच्चाको आँखा, मष्तिक तथा मुटुमा समेत असर पर्ने गर्दछ । पहिलो ६ वर्षका बच्चामा मस्तिष्क तीब्र रुपमा विकसित हुने भएकाले एक पटकमा १० मिनेटभन्दा बढी स्क्रिन हेर्नु वा चलाउनु घातक हुने बताउँछन् ।

यसले मष्तिक निष्क्रिय बनाउने गर्दछ । स्क्रिनमा अत्यधिक समय बिताउने बालबालिकामा मायोपिया वा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्ने हुन्छ । साथै मस्तिष्कको ग्रे–म्याटरको घनत्वलाई कम गर्दछ ।

मोवाइलबाट छुटकारा दिलाउन के गर्ने ?

बालबालिकामा रहेको मोवाइलको कुलत हटाउन उनिहरुलाई मोवाइल दिएर भुलाउनुको सट्टा आफुले समय दिनुपर्ने हुन्छ ।

यसका लागि बालबालिकासँग रमाउने, उनीहरुलाई समय दिने, उनीहरुको कुरालाई प्राथमिकता दिएर सुन्ने तथा कुराकानी गर्ने गर्नुपर्दछ ।

केहि अभिभावकहरु व्यस्त भएको भन्दै समय नदिने साथै आफ्नो काममा मात्र ध्यान दिने गर्दछन् । तर यसको सट्टा उनीहरुसँग खेलेर समय बिताएमा बच्चामा रहेको मोबाइलको कुलत हटेर जान्छ ।

साथै घरमा रहेका टिभि, कम्प्युटर, ल्यापटप, मोवाइल, भिडियो गेम लगायतका विद्युतीय उपकरणलाई बच्चाको पहुँचभन्दा टाढा राख्नुहोस् ।

यदि उमेर अनुसार चलाउन दिनु परेमा पनि निश्चित समत तोकेर मात्र दिनुहोस् । उनीहरुलाई रोचक कथा, प्रसंग तथा नविनतम जानकारी दिनुहोस् । यसो गर्नाले उनीहरुमा रहेको मोवाइलको लत हटेर जानेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ९ : २१ बजे

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८