समस्या समाधानका लागि चाक्सीबारीमा देउवा र पौडेल पक्षबीच वार्ता « Khabarhub

समस्या समाधानका लागि चाक्सीबारीमा देउवा र पौडेल पक्षबीच वार्ता


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टीमा देखिएको विवाद समाधानका लागि नेपाली संस्थापन पक्ष र संस्थापन इतका नेताहरुबीच छलफल भएको छ ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुबीच सिंहको निवास चाक्सिवारीमा छलफल भएको हो ।

भेटमा नेताहरु दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी लगायत रहेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएपछि सहमति खोज्ने प्रयास गर्दै बैठक बसिएको हो ।

संस्थापन पक्षले समस्या समाधानको पहलका लागि उपसभापति निधि र पौडेल पक्षले नेता प्रकाशमानलाई मुख्य जिम्मेवारी दिएका छन् ।

यसअघि हिजो साँझ पौडेल समूहका नेताहरुको बैठक महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको थियो भने पाथिभराबाट फकिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निवासमा पनि बैठक बसेको थियो ।

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका जारी गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गर्नुपर्ने अडान पौडेल पक्षले राख्दै आएका छन् ।

यसअघि आइतबारका लागि बोलाइएको बैठकमा पौडेल पक्षधर नेताहरु उपस्थित नभएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ११ : ३८ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको