कैदीबन्दी भन्छन्– जेलभित्र सुत्ने ठाउँ भएन | Khabarhub Khabarhub

कैदीबन्दी भन्छन्– जेलभित्र सुत्ने ठाउँ भएन


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीले शौचालय, खानेपानीसँगै सुत्ने ठाउँका लागि समेत समस्या भएको बताएका छन् । कारागारमा क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागारका प्रमुख चुडामणि भण्डारीले बताए । ५० जनाको क्षमता भएको कारागारमा हाल १५७ कैदीबन्दी राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाईंले पानीको समस्याले गर्दा सरसफाइमा समेत समस्या परेको बताए । उनले भने, ‘यहाँ यति धेरै कैदीबन्दी छौँ, तर शौचालय जाँदा लाइन लगाएर बस्नुपर्ने बाध्यताले गर्दा निकै समस्या भएको छ ।’ शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नुपर्ने हुन्छ ।

अर्का कैदीबन्दी दिनेश गुरुङले भने, ‘कारागारमा आफूहरुले धेरै समस्या भोग्दै आएका छौँ, पानी र शौचालयका साथै सुत्ने ठाउँको अभावले गर्दा पालैपालो सुत्नुपर्ने अवस्था छ ।’

कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकाले विभिन्न प्रकारका समस्या आउने गरेका र आफूले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताए ।

उनले कैदीबन्दी बिरामी हुँदासमेत सवारीसाधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताए ।

कारागारमा रहेका कैदीबन्दीले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिस आउने गरे पनि आफूहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन् ।

कारागारमा ३५ पुरुष र १० महिला गरी ५० को क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : ३७ बजे

छाउगोठमा कञ्चनपुरकी युवतीको मृत्यु, दोषीलाई कारबाही गर्न समाजवादी महिला संघको माग

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा बस्दा सर्पले टोकेर

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच छुट सम्झौता

काठमाडौं– एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकलाई

‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ

काठमाडौं – ‘अञ्जिला’को व्यवसायिक सफतापछि निर्देशक मिलन चाम्सले निर्देशन गर्न

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)

काठमाडौं– पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा